नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. ३ बाट आकांक्षीका रुपमा अब्दुल करिम खाँको नाम पनि थपिएको छ ।
एमाले बाँकेले अडिटर्स एशोसिएसनका केन्द्रीय उपाध्यक्ष समेत रहेका नेपाल मुस्लिम इत्तेहाद संघका नेता खाँको नाम जिल्लाबाट थप गरी सिफारिस गरेको हो ।
बाँके क्षेत्र नं. ३ मा निर्वाचन क्षेत्रीय समितिले दल बहादुर सुनारको नाम सिफारिस गरेको थियो । जिल्लाले खाँ सँगै लक्ष्मी हमालको नाम पनि थप गर्ने निर्णय गरेको हो ।
प्रदेशले पार्टीका पूर्व जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति र निवर्तमान केन्द्रीय सदस्य दिपा शर्माको नाम पनि आकांक्षीमा थप गरी केन्द्रमा सिफारिस गरेको छ ।
