नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बाँकेमा उम्मेदवार तय गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले दिएको जानकारी अनुसार नेकपाले बाँके क्षेत्र नम्बर १ का लागि नरेन्द्र पाण्डे जेम्स, क्षेत्र नम्बर २ का लागि दीपेन्द्र विष्ट र क्षेत्र नम्बर ३ का लागि दीपक जिएमलाई उम्मेदवार बनाएर टिकट प्रदान गरेको हो ।
यसअघि पार्टीले खुलातर्फ बाँके निर्वाचन क्षेत्र नं. १ बाट महेश्वर जङ्ग गहतराज ’अथक’, अब्दुल हुसेन खाँ, नरेन्द्र पाण्डे ‘जेम्स’, तुलाराज बिष्ट, नारायण लम्साल, पुजन विश्वकर्मा र अवराज खड्का सिफारिस गरेको थियो ।
निर्वाचन क्षेत्र नं. २ बाट अकल बहादुर बम, दिपेन्द्र बिष्ट, पदम अर्याल, तेज प्रसाद रेग्मी, टङ्क धामी, सकिल अहमद जयगढ र मो. रियाज राईलाई सिफारिस गरिएको थियो ।
यसैगरी निर्वाचन क्षेत्र नं. ३ बाट इन्द्र प्रसाद खरेल (आइपी), मो. शेर बागवान, दीपक कुमार गौरी मगर, दीपक जिएम, समिन इद्रिसी, कुबेर रिजाल, टेकेन्द्र मल्ल, मिरा कार्की, उत्तम कुमार गुप्ता र परमानन्द बर्मा सिफारिसमा परेका थिए ।
