एमालेको चुनाव चिन्हमा इस्तियाक राई बन्दै उम्मेदवार

नेकपा एमालेले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले क्षेत्र नं. १ र ३ मा क्रमशः सुर्य ढकाल र दल बहादुर सुनारलाई टिकट दिइसकेकोमा क्षेत्र नं. २ का लागि मो. इस्तियाक राईलाई उम्मेदवार बनाउने भएको छ । ‘त्यस क्षेत्रमा विकास प्रेमीका रूपमा चिनिएका राईलाई सुर्य चिन्हबाट निर्वाचन लड्ने गरी पार्टीले सहयोग गर्ने निर्णय गर्यो’, एमाले पार्टी स्रोतको भनाइ छ ।

एमालेका स्थानीय नेताहरूले पार्टी प्रवेश गरेर मात्रै उम्मेदवार बनाउने अडान लिएपनि राई भने सुर्य चिन्हमा मात्रै तयार भएपछि समझदारी गरिएको पार्टी स्रोतको भनाइ छ । ‘सुर्य चिन्हमा निर्वाचन लड्ने समझदारी भएको छ’, राईले दैनिक नेपालगन्जको जिज्ञासामा भने, ‘पार्टी प्रवेश वा एकता होइन ।’

Exit mobile version