स्वतन्त्र उम्मेदवारी दिंदै धामी, छाडे पार्टी

नेपाली कम्युनिष्ट पार्टीका नेता टंक बहादुर धामीले पार्टीको साधारण सदस्य समेतबाट राजिनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. २ बाट सिफारिसमा परेका उनी टिकटबाट वञ्चित भएपछि पार्टी छाडेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका धामीले दैनिक नेपालगन्जसँग भने, ‘राजनीतिक दलहरुले गतिला उम्मेदवार दिन नसकेकाले स्वतन्त्र नागरिकका हैसियतले म उम्मेदवारी दिने तयारीमा छु ।’

उनले नेकपा लगायत ठूला राजनीतिक दलबाट देशको निकास ननिस्कने निष्कर्षमै पुगेर आफुले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बताउँदै भने, ‘जनताका लागि काम गर्ने इच्छा भएकाले स्वतन्त्र उम्मेदवारी दिंदैछु ।’

Exit mobile version