नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को बाँके क्षेत्र नं. ३ मा दिपक जिएम नै उम्मेदवार हुने भएका छन् ।
मंगलबार नेकपाबाट कान्तुराम गौतमको पनि उम्मेदवारी परेको थियो । निर्वाचन अधिकृतको कार्यालयले जिएमको उम्मेदवारी पेन्डिङ्गमा राखेको थियो ।
‘गौतमले बुधबार उम्मेदवारी फिर्ता लिनु भयो’, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले भने, ‘प्राविधिक समस्याले जिएमको उम्मेदवारी पेन्डिङ्गमा रहेपनि बुधबार उम्मेदवारी कायम भएको छ ।’
