समर्थकलाई हात हल्लाएर पश्चिम लागे बालेन

प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबार नेपालगन्ज आएका छन् ।

सोमबार नेपालगन्जका आएका बालेनले कारकाँदो स्थित पार्टी कार्यालयमा केहीबेर रोकिने कार्यक्रम भएपनि गाडीबाटै समर्थकलाई हात हल्लाएर अगाडि बढेका थिए । बालेनलाई स्वागत गर्न पुगेका केही समर्थक तिव्र गतिमा एक्कासी गाडी हुक्याउँदा लडेर सामान्य घाइते समेत भएका थिए ।

पार्टी स्रोतका अनुसार, मौसम प्रतिकुलताका कारण नेपालगन्ज विमास्थलमै झर्न ढिलाई भएपछि अन्य ठाउँका पूर्वनिर्धारित कार्यक्रममा पुग्नका लागि बागेश्वरी मन्दिर पुग्ने र त्रिभुवनचौक जाने कार्यक्रम स्थगित गरिएको थियो । बालेन नेपालगन्ज आएको मौकापारी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, युवा उद्यमी जिआर भुसाल लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु पार्टी प्रवेश गरेको रास्वपाबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार विवेक श्रेष्ठले जानकारी दिए ।

बालेनले बाँके क्षेत्र ३ का उम्मेदवार खगेन्द्र सुनारसँग केही बेर छलफल गरेका थिए ।

बालेन नेपालगन्जबाट कोहलपुर गएका थिए । उनी कोहलपुर पछि बैजनाथ हुँदै बर्दिया तर्फ लागेको सम्बद्ध पार्टी नेताहरू बताएका छन् ।

Exit mobile version