नेकपा एमालेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन् । उम्मेदवारी मनोनयन दर्तासँग बाँके क्षेत्र नं. २ का विभिन्न वडाका टोलमा पुगेर उनले मतदाता के चाहन्छन् भने आकांक्षा बुझिरहेका छन् ।
शनिबार वडा नं. १९ र नेपालगन्ज २० का मतदातासँग भेटघाट गरेर उनले मतमात्रै मागेनन् आफुले विगतका गरेका कामहरूबारे बोल्दै आगामी दिनमा कस्ता योजना आवश्यक छन् भनेर सोधेका थिए । उम्मेदवार राई पछिल्लो निर्वाचनमा पराजित भएका थिए । उनले तीन बर्षको अवधीमा बाँके क्षेत्र नं. २ मा निर्वाचित सांसदले कुनै काम नगरेको उल्लेख गर्दै आफु निर्वाचित भएपछि द्रुत रूपमा विकासको काम अगाडि बढाउने बताए । ‘मैले जति काम गर्न सक्नु त्यतिमात्रै प्रतिबद्धता जनाउछु, भोटका लागि झ्ुट्टा आश्वासन दिएर मतदातालाई भुक्याउँदिन’, मतदाता माझ उम्मेरदवार राईले भने ।
भेटघाटका क्रममा नेकपा एमालेका उम्मेदवार राईले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र सुझाव सुन्दै विकास, सुशासन, रोजगारी र जनजीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले देशको स्थायित्व र समृद्धिका लागि नेकपा एमालेको नीति र कार्यक्रम प्रभावकारी रहेको बताए ।































