उम्मेदवार इश्तियाक राई मतदाता भेटघाटमा सक्रिय
प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईको प्रचार-प्रसार गर्ने उद्देश्यका साथ निर्वाचन क्षेत्रभरि सञ्जाल विस्तार भइरहेको छ। निर्वाचन क्षेत्र नं २ का सबै वडामा नेकपा वडा कार्यालयमार्फत प्रचार-प्रसारको सञ्जाल विस्तार गरिँदैछ। यस्ता वडा कार्यालयहरू २७ वटै वडामा खोलिसकिएकोमा आज विहान वडा नं २ को औपचारिक उद्घाटन गरिएको हो।
बाँके निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार रहनुभएका राईको प्रचार-प्रसारलाई निर्वाचन क्षेत्रभर विस्तार गर्न वडास्तरीय सञ्जालहरू प्रभावकारी हुने नेकपा एमाले बाँकेको विश्वास छ।
वडा नं २ स्थित कार्यालयको उद्घाटनपछि संक्षिप्त भनाई राख्दै एमालेबाट प्रतिनिधिसभा उम्मेदवार राईले फागुन २१ को निर्वाचनको फरक महत्व रहेको बताउनुभयो। वहाँले भन्नुभयो- ‘यो निर्वाचन देशमा विकास निर्माण चाहने पक्ष र अदृश्य शक्तिहरूको उक्साहटमा देशलाई क्षति पुर्याउनेहरू बीचको लडाइँ हो।’
यसैबीच उम्मेदवार राईले आज वडा नं २ घरबारी टोल र वडा नं ३ एकलैनी क्षेत्रमा पुग्नुभएको छ। वहाँले ती क्षेत्रका मतदाताहरूसँग भेटेर प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेकपा एमालेलाई मतदान गर्नुभएको छ। मतदातासँगको भेटघाटका क्रममा राईसँगै एमालेबाट समानुपातिकतर्फका उम्मेदवार विजया धिताल, एमाले नेता कृष्ण प्रसाद श्रेष्ठ लगायत हुनुहुन्थ्यो।






























