For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपालले बुझ्न नचाहेको तीर्थाटनको बाटो ?

byDainik Nepalgunj
February 2, 2024
in विचार
0 0
0
नेपालले बुझ्न नचाहेको तीर्थाटनको बाटो ?
Share on FacebookShare on Twitter

नेपाल आदिकाल देखि नै धेरै कुरामा विविधता भएको देश हो । जुन आजपनि विद्यमान रहेको छ । भौगोलिक, धार्मिक, साँस्कृतिक, भाषिक विविधताले नेपाल जत्तिको सम्पन्न देश संसारमा अर्को छैन भन्दा पनि हुन्छ । यति विविधता हुँदापनि इतिहासमा कहिल्यै नेपालमा वैविध्यता बीच कुनै द्धन्द भएन । यो भन्दा निकै कम विविधता भएका संसारका अन्य देशहरुमा निकै ठूला द्धन्दहरु भएका छन् । त्यहाँ आजपनि द्धन्द जारी छ । यी र यस्ता विविधताहरु कुनैपनि देशका लागि अमूल्य सम्पदा मात्रै हुँदैनन् अपितु यी त त्यो देशको अर्थतन्त्रको मुख्य आधार पनि हुने गर्छ । चाहना हुने हो भने बनाउन पनि सकिन्छ । तर नेपालका कुनैपनि सरकारले यति धेरै सम्पदाको कुनै अर्थ र उपार्जन आजसम्म नदेख्नु निकै उदेकलाग्दो बिषय हो । देशलाई सम्पन्न बनाउन, देशको अर्थतन्त्रको आधार तय गर्न, अर्थतन्त्रलाई चलाएमान बनाउन, रोजगारी सृजना गर्न आफुसँग भएको सम्भावनाहरुलाई नै पहिला विकास गर्नुपछ । त्यसैमा लगानी बढाउनु पर्छ । त्यो गर्दा प्राथमिकिकरण गरेर पनि जानुपर्ने हुन्छ । हरेक देशको विकास र अर्थतन्त्रका आधार छुट्टाछुट्टै हुन्छन् । नेपालले अरुका सम्भावनाहरुलाई खोजेर त्यसलाई नेपालमा प्रयोग गरेर आफ्नो विकास गर्छु अर्थतन्त्र चलायमान बनाउँछु भन्ने जस्तो मूर्ख काम अरु हुँदैन । कमोबेस नेपालका अन्यत्र शिक्षित भएका र उतैको अर्थतन्त्रको आधार बुझेका अर्थशास्त्रीहरुले नेपालको अर्थतन्त्रलाई सहि मार्ग दिन सकेका छैनन् ।

धार्मिक साँस्कृतिक विविध भएको नेपालले यसमा आफ्नो अर्थतन्त्रको सम्भावना आजसम्म खोजेको छैन । हिमालय पर्वतहरुमा घुम्न आउनेहरु मात्रै पर्यटक र यिनैका भरमा देशमा पर्यटनको सम्भावना भएको देश भन्ने भाष्य बनाइनु कतै न कतै नेपालको पर्यटनको मुख्य सम्भावनालाई नअँगाल्नु हो भन्ने मेरो बुझाई रहेको छ । यो विश्व अर्थतन्त्रमा अन्य देशहरुले अँगालेका सम्भावनाहरुका आधारमा पनि भन्न सकिन्छ ।

संसारको निकै विकसित भनिने देश सिंगापुर र पर्यटनको लागि उत्तम गन्तव्य मानिने स्वीटजरलैण्ड ती दुबै देश भूगोल जनसंख्या र प्राकृतिक धार्मिक साँस्कृतिक सबैखाले विविधमामा नेपालभन्दा निकै निम्छरा देशहरु हुन् । तर त्यहाँ पुग्ने पर्यटकको संख्याको कुरा गर्ने हो भने सिंगापुरमा औसत तीन करोड र स्वीटजरलैण्डमा औसत सवा करोड पर्यटक हरेक बर्ष पुग्ने गर्छन् । ती देशको सकल घरेलु उत्पादमा पर्यटन क्षेत्रको हिस्सेदारी क्रमशः ४ र ५ प्रतिशत रहेको छ । ती दुई देश कुनै धार्मिक महत्व रहेका देश पनि होइनन् । यहि सेरोफेरोमा नेपाल धार्मिक हिसाबले पनि सवा अर्ब बढि हिन्दुहरुको मुख्य तीर्थ स्थल मध्ये एक पशुपतिनाथ, बौद्ध धर्मालम्बिहरुको मुलभूमि गौतम बुद्ध जन्मस्थली लुम्बिनी यहि देशमा हुँदाहुँदै पनि नेपालमा औसत सात आठ लाख मात्रै पर्यटक हरेक बर्ष आउने गर्छन् । यो तथ्यांक सुन्दा पनि सुनाउँदा पनि नेपालका शासकहरुलाई कुनै लज्जाबोध हुँदैन । नेपालमा आउने ती सात आठ लाख पर्यटकमा पनि आधाभन्दा बढि भनेका धार्मिक पर्यटक मात्रै हुन् । यस अर्थमा नेपालले आफ्नो विविधताको सौन्दर्य पस्केर खासै कुनै पर्यटन चलाउनै सकेको छैन् भन्ने आधार प्रष्ट भएको छ ।

विश्वमा हजारौ. बर्षदेखि तीर्थाटनको (धार्मिक पर्यटन) को प्रचलन रहि आएको छ । आजपनि विश्वका कतिपय देशहरुले यसैलाई मुख्य फोकस गरेको पनि पाइन्छ । संसारका झण्डै दुई अर्ब बढि मुस्लिमहरुको तीर्थस्थल मानिने साउदीको मक्का मदिनामा हरेक बर्ष झण्डै २ करोड तीर्थाटन हुने गरेको छ । साउदी अरेयिबा पुग्ने तीन मध्ये दुई जना पर्यटक धार्मिक पर्यटक नै हुने गरेका छन् ।

उता इजराइलमा पनि पर्यटन इसामसिहको जन्मस्थान मानिने एरुशेलमको लागि पुग्ने गरेको तथ्यांक रहेको छ । यसैगरि भ्याटिकन सिटीमा हरेक बर्ष पुग्ने औसत ९० लाख पर्यटकहरु धार्मिक पर्यटक नै हुने गरेका छन् ।
धार्मिक पर्यटनको अवस्था विश्वमा हजारौे. बर्ष देखि आजसम्म रहेको र यो झन झन बढ्दो छ । मानिसहरुको आम्दानीमा भएको बृद्धि, उपभोक्तावादी चरित्रको विकासले हरेक बर्ष घुम्न हिँड्ने प्रवृतिक बढ्दो छ । अर्कोतिर यातायात र सञ्चार प्रविधिको विकास सँगै मानिसहरुको आफ्नो आस्थाको केन्द्रप्रसित लगाव पनि बढेको छ । त्यहाँ पुग्ने रहर पनि बढेको छ । यस्तो परिवेशमा नेपाल जस्तो धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको देशले आफ्नो बिकासको सहि बाटो पहिचान गर्न ढिलो गर्नू हुँदैन ।

पछिल्लो समय विश्वमा चलेको स्वदेश प्रथम, स्वधर्म प्रथम भन्ने अभियानबाट नेपाल पनि अछुतो रहेको छैन । नेपालमा बहुदलीय व्यवस्थाको स्थापना र खासगरि माओवादी आतातायी क्रियाकलापभित्र नेपाल र नेपालीको आफ्नो मौलिक धर्म सँस्कृति थिचोमिचोमा पर्यो । जनताको चाहना र संविधान निर्माणका बेला जनताले दिएको लिखित अभिमत, सल्लाह सुझावहरुलाई समेत लत्याएर नेपालको मौलिकता माथि नै अतिक्रमण गर्ने संवैधानिक व्यवस्था गरेपछि नेपालमा जरोकिलो महाअभियान मार्फत आफ्नो रैथाने धर्मसँस्कृति बचाउने र मौलिकता जागरण अभियान चलाएबाट नेपालमा पनि मौलिकता प्रतिको जागरणले स्थान लिएको छ । आज कतिपय नेपालीत्व प्रति पूवाग्रह राख्ने विदेशी प्रतिमानमा आधारित चलेका नेपाली सत्तामा रहेका दल र तीनका नेताहरुमा पनि मौलिकता प्रति भोटबैंक कै लागि भएपनि नरमी आएको छ ।

हालै भारत अयोध्यामा भगवान श्रीरामको मन्दिर उद्घाटन पछि त्यहाँ ओइरिएको तीर्थयात्रीेहरुको भीडले नेपालमा पनि धार्मिक पर्यटनले देशको अर्थतन्त्रमा ठूलो फड्को हान्न सक्छ भन्ने देखाएको छ । तर त्यसको लागि नेपालले आफ्नो अर्थतन्त्रको मार्गचित्र पुनसंरचना गनुृपर्छ ।

भारतमा हरेक बर्ष देशी विदेशी गरी औसतन १ अर्ब ४३ करोड पर्यटकहरु देशका बिभिन्न ठाउँमा पुग्ने गरेको त्यहाँको तथ्यांक रहेको छ । जसमध्ये भिसा लगाएर भारत आउने पर्यटकहरुको संख्या जम्मा ६ करोड बीस लाख मात्रै रहेको छ । बाँकी एक अर्ब ३६ करोड व्यक्तिहरु बिभिन्न धार्मिक स्थलमा पुग्नेहरु, वैवाहिक र पारिवपारिक घुम्न जानेहरु रहेका छन् । यो बर्ष राम मन्दिरको उद्घाटन पछि भारतको उत्तर प्रदेशको अर्थतन्त्रमा मात्रै (२.५ लाख करोड) २५ खर्बको बृद्धि हुने प्रक्षेपण गएिको छ । अयोध्याको विकासको लागि मात्रै १० अर्ब डलर बढि सरकारी लगानी गरिएको र नीजि क्षेत्रले गर्ने लगानी यो भन्दा बढि हुनसक्ने अनुमान गरिएको छ । यसले त्यहाँ एक लाख भन्दा बढि प्रत्यक्ष रोजगारी सृजना हुने अनुमान गरिएको छ । यहाँ गत बर्षमा मात्रै २.५ करोड बढि पर्यटक पुगेका छन् भने यसबर्ष देखि त्यहाँ हरेक बर्ष ५ देखि ७ करोड यात्राीहरु पुग्ने छन् । यसले त्यस क्षेत्रको अर्थतन्त्र कति चलायमान हुनेछ र कतिले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाउनेछन् भन्ने कुरा निकै गहकिलो बिषय बनेको छ ।

भारतमा रहेका बिभिन्न तीर्थस्थलमा हुने तीर्थयात्रीको भ्रमणले मात्रै भारतमा निकै रोजगारी सृजना भएको छ । नेपालमा पनि भारतको भन्दा कम तीर्थाटनको सम्भावना छैन । हाम्रो सरकारी संयन्त्र, यहाँको राजनीतिमा देखिएको विदेश मोह, नेपालको वास्तविक आवश्यकता र यहाँको सम्भावना भन्दा पर रहेका कुराहरुलाई प्राथमिकता दिँदा नेपालको रैथानेपनलाई निषेध गरेर नेपालको विकास र यहाँको अर्थतन्त्रको बाटो खोज्नु पक्कै पनि बुद्धिमतापूर्ण बाटो होइन ।

नेपालमा जहिले पनि जुनसुकै राजनीतिक पार्टीहरुले बनाउने गरेको भाष्य उद्योग खोल्ने, स्मार्ट सिटी बनाउने, शहरीकरण गर्ने जस्ता कुराहरुले नेपालको कहिल्यै भलो हुन सक्दैन । नेपालले आफ्नो पर्यावरण मासेर, पकृति मासेर भारी उद्योग, भिमकाय विदेशी कर्जाको भारीमुनी थिचिएका आयोजना, कृषियोग्य जमीन मासेर शहरीकरण गरेर देश सम्पन्न त बन्दै बन्दैन । नेपालले आफ्नो मौलिकतामा आधारित विकासको मोडेल नै अबलम्बन गर्नुृ उपयुक्त हुन्छ । नेपालले ससारका डेढ अर्ब हिन्दु त्यसमा पनि भारतमा रहेका ९० करोड हिन्दु देखि करोडौ. बौद्धहरुलाई लक्षित गरेर उनीहरुलाई नेपालमा तीर्थाटन गराउने लक्ष्य राखेर काम गर्दा नेपालमा पर्यावरण नमासी, प्रकृतिको दोहन नगरी, कृषियोग्य जमीन मासी देशमा रोजगारी बृद्धि देखि अर्थतन्त्रको सहि बाटो पहिचान गर्न सकिन्छ । नेपालले यसतर्फ पाइला चाल्नु पर्छ । हालसम्म नेपालले बुझ्न नखोजेको अर्थतन्त्रमा तीर्थाटनको बाटो पनि नै यहि हो ।

Previous Post

शुरु भयो, ‘पब्लिक स्पीच’

Next Post

राप्तीमा छाडियाे घडियाल

Next Post
राप्तीमा छाडियाे घडियाल

राप्तीमा छाडियाे घडियाल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : एकै दिन १ सय २७ पक्राउ

बाँके : एकै दिन १ सय २७ पक्राउ

April 23, 2026
भाडा समायोजन गर्न व्यवसायीको माग

सार्वजनिक यातायातमा मनपरी भाडा

April 23, 2026
बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

April 23, 2026
मन्त्रिपरिषद् निर्णयः प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने

मन्त्रिपरिषद् निर्णयः प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version