कमजोरी औंल्याउनुपर्छ, जनतासँग माफी माग्नुपर्छ

पूर्णा कुमारी सुवेदी, नेकपा नेतृ

नेपालगन्ज सद्भावपूर्ण, मैत्रीपूर्ण सहर हो । बहुभाषा, बहुजाति, बहुधर्म, बहुसंस्कृतिको सहर नेपालगन्ज हो । नेपालगन्जका आम मतदातासँग म यो अपिल गर्न चाहन्छु, यो सद्भावका लागि सहकार्य गर्दै आएको सहर हो । हाम्रा संस्कार, संस्कृति, चाडवाड हुन्, हामी के हिन्दु, मुस्लिम, के पहाडी हामी सबै भाई भाई हामी सबैले सद्भावपूर्ण, मैत्रीपूर्ण सहरका रुपमा चिनाउनु पर्छ भनेर सहकार्य गर्दै आएको अवस्था हो, यहाँहरुसबै जानकार हुनुहुन्छ ।

अहिले विषम परिस्थितिमा निर्वाचन हुन गैरहेको छ । निर्वाचन चुनौतिपूर्ण छ, हामीले चुनौतिपूर्ण अवस्थाको सामना गर्नु परिरहेको छ । अन्य शक्ति राष्ट्रहरु अथवा कुन डिजाइनबाट कसरी चलखेल भैरहेको छ, भदौ २३, २४ को परिस्थिति कसरी निर्माण भयो ? यो विषयमा पनि सबै जानकार हुनुहुन्छ ।

अझै पनि मैले भ्रम सुनिरहेको छु, चुनाव हुन्छ कि हुन्न भन्ने । तर, भ्रममा नपर्नु होला चुनाव हुन्छ । चुनाव सर्दैन, चुनाव हुन्छ । निष्पक्ष ढंगले चुनाव हुनुपर्छ र विश्वास छ, सरकारले गर्छ पनि ।

चुनावी अभियानलाई हामीले भ्रष्टाचार मुक्त समाज, सुशासन र समृद्धिको लागि अभियानको रुपमा चलाउँदै आएका छौं । पार्टी भित्र पनि हामी रुपान्तरण हुनुपर्छ, जनताका बीचमा गएर हाम्रा कमी कमजोरीहरुलाई औंल्याउनुपर्छ, जनतासँग गएर माफी माग्नुपर्छ । जनताका दैनिक समस्या के हुन्, अप्ठ्रयारा के छन्, ती एजेन्डाहरुमा हामी पुगेनौ कि भन्ने पनि हामीले आत्मसाथ गरेका छौं । हामी जनताको बीचमा त्यो विषय आत्मसाथ गर्दै अगाडि बढेका छौं ।

बाँके जिल्लामै नेपाली कम्युनिष्ट पार्टीले उठाएका उम्मेदवारहरु जुझारु युवाहरु छन् । क्षेत्र नं. १ मा नरेन्द्र पाण्डे जनयुद्धकाल कमाण्डका रुपमा हुनुहुन्थ्यो र अहिले पनि गोलीका छर्रा बोकेर हिड्नु भएको छ । क्षेत्र नं. २ मा दिपेन्द्र विष्ट यही माटोमा हुर्केको यही पार्टीमा विद्यार्थीकालदेखि आबद्ध भएको होनहार हुनुहुन्छ । यहाँ ६ सय ७७ जनाको निर्वाचन परिचालन समिति बनेको छ । पार्टीले त्यसलाई आन्तरिक रुपमा परिचालन गर्नेछ । भित्रभित्रै यसले आफ्नो भूमिका निर्वाह गर्नेछ ।

क्षेत्र नं. ३ मा दिपक जिएम, जनजातिको छोरा, एउटा युवालाई हाम्रो पार्टीले उम्मेदवार बनाएको छ । (तत्कालिन संविधान सभाका उप–सभामुख, नेकपा नेतृ सुवेदीले नेपालगन्जमा पार्टी प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा दिएको मन्तव्य अशं)

Exit mobile version