जेनजी मुद्दामा अग्रसर विष्ट

नेकपाबाट बाँके क्षेत्र नं. २ मा उम्मेदवार दिपेन्द्र विष्टले युवा मतदातासँग छलफल गरेका छन् । अघिल्लो दिन जेनजी आन्दोलनका सहिद परिवारसँग भेटेका विष्टले बिहीबार नेपालगन्ज–४ का युवा मतदातासँग भेटघाट र छलफल गरेका हुन् ।

‘आमा, बुबा सँग आशिष लिइरहेको छु, छोराछोरीसँग उनीहरूका मुद्दामा छलफल गर्दै सुझाव लिइरहेको छु’, विष्टले निर्वाचन अभियानबारे दैनिक नेपालगन्जसँग भने, ‘जेनजी आन्दोलनका मुद्दालाई प्राथमिकतामा राखेर मतदातासँग भेटघाट गरिरहेको छु ।’

Exit mobile version