घरदैलोपछि एजेन्डा बनाउँदै विष्ट

बाँके निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले मतदातासँगको भेटघाट र अन्तक्र्रियापछि आफ्ना निर्वाचन एजेन्डा बनाउने भएका छन् ।

नेपालगन्जका अधिकांश वडा र डुडुवा गाउँपालिकाको वडा नम्बर ५ मा पुगिसकेका नेकपाका उम्मेदवार विष्टले दैनिक नेपालगन्जसंग भने, ‘मेरा आफ्ना ऐजेन्डा लिएर जनतामाझ जानुभन्दा मतदाताका कुरा सुनेर उहाँहरुका कुरालाई मेरा निर्वाचन एजेन्डामा राख्नु उचित ठानेको छु ।’

‘डुडुवा–५ का बासिन्दाहरूले आफ्नो ठाउँमा विकास सम्भावना हुँदाहुँदै पनि राज्यको ध्यान नपुगेको गुनासो सुनाएका छन्,’ विष्टले उनीहरुका गुनासालाई कसरी सम्बन्धित ठाउँमा पुर्याउने भन्नेमा आफ्नो चासो रहेको धारणा राख्दै भने । घरदैलोका क्रममा युवाहरूले रोजगारीको अभावले गाउँटोल रित्तिँदै गएको पीडा सुनाएको सन्दर्भले कटक्क पारेको सुनाउँदै विष्टले भने, ‘किसानहरूले सिँचाइ र बजार व्यवस्थापनको अभाव औँल्याएका छन् ।’ ‘यी सबै जनताको पीडा आफ्नै पीडाका रुपमा ग्रहण गरेर समाधानका लागि बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छु,’ विष्टले भने ।

Exit mobile version