For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गोल्डेन एबीसी एकेडेमी बाँके हाई स्कुलले मनायो १७औं बार्षिकोत्सव

byDainik Nepalgunj
February 19, 2026
in News, मुख्य समाचार
0 0
0
गोल्डेन एबीसी एकेडेमी बाँके हाई स्कुलले मनायो १७औं बार्षिकोत्सव
Share on FacebookShare on Twitter

‘विद्यालयले अभिभावकको विश्वास जितेको छ’

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ सल्यानीबागमा रहेको गोल्डेन एबिसी एकेडेमी बाँके हाइस्कुलले आफ्नो १७ औं बार्षिकोत्सव बुधबार भव्य औपचारिक कार्यक्रम बीच मनाएको छ ।

गत एसईईमा उत्कृष्ट विद्यार्थी सम्मान, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, अतिरिक्त क्रियाकलपामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्दै औपचारिक कार्यक्रम बीच मनाइएको बार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथि तथा वक्ताहरुले विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाले अभिभावकको मत जितेको बताएका थिए । ‘सबै विद्यार्थीको क्षमता समान हुँदैन, तर विद्यालयले कमजोर विद्यार्थीलाई समेत विशेष ध्यान दिंदा उत्कृष्ट नतिजा ल्याउने गरेको अनुभूति गरेको छौं’, कार्यक्रममा सहभागी एक अभिभावकले भने ।

विद्यालयका प्रबन्ध निर्देशक विकास बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईले विद्यालयमा रहेको अभिभ ावकको उपस्थिति बारे धारणा राख्दै भने, ‘विद्यालयले अभिभावकको विश्वास जितेको अनुभूति गरेको छु् ।’ उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा विश्वास व्यक्त गर्दै आवश्यक परे आफ्नो कार्यालयको तर्फबाट समन्वय, सहजीकरणका लागि सधै तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख चौलागाईले अब संसारको कुनै ठाउँमा गएपनि काम गर्न जनशक्ति विद्यालयहरुले उत्पादन गर्न सक्नु पर्ने बताएका थिए ।

सैद्धान्तिक, व्यवहारिक, प्राविधिक शिक्षामा जोड दिंदै उनले अबको समयमा शिक्षा प्रदान गर्दा अलिबढी ध्यान दिनुपर्ने बेला भएको बताएको थिए । ‘अब पाठ पठाएर मात्रै हुँदैन, बालबालिकाको चौतर्फी विकास गर्न आवश्यक छ, विद्यार्थीलाई असल नागरिक बनाउन आवश्यक छ, पढाई सँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिनुपर्छ’, उनले भने ।

साना बालबालिकाले आफुले सिकेको थाह नपाई सिकेको हुनुपर्छ, सिकेपछि मैले यस्तो सिके भन्ने खालको शिक्षा आवश्यक भएको प्रमुख अतिथि चौलागाईको भनाइ थियो । ‘परीक्षण अभ्यास सँगै वास्तविक अभ्यास पनि विद्यार्थीले गर्नुपर्छ’, उनले भने, ‘गोल्डेन एबिसी विद्यालयकै आइकोनिक बनोस्, शुभकामना ।’
अभिभावक–विद्यालयको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य पनि रहेको बार्षिकोत्सव कार्यक्रममा विद्यालयकी फाउण्डर प्रिन्सिपल मधुसिंह खत्रीले गुणस्तरीय शिक्षाका लागि गोल्डेन एबीसी बाँकेमै उदाहरणीय रहेको भन्दै विद्यालय परिवार गौरवान्वित रहेको बताइन् ।

विद्यालयका प्रबन्ध निर्देशक विकास बहादुर सिंह, प्रमुख अतिथि, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख चौलागाई, विद्यालयका संस्थापक सदस्य समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरी, विद्यालयका शेयर होल्डल इन्चार्ज हेमा गहतराज, शेयर होल्डर हेड फाइनान्स यशवद्र्धन खत्री, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरे, विद्यालयकी सेक्टर इन्चार्ज सरिता पटनायक लगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यालयमा अध्ययनरत स–साना बालबालिकाले ट्राफिक सचेतना सम्बन्धी प्रस्तुति समेत रहेका राखेका थिए । सानै देखि ट्राफिक नियमको पालनाले दुर्घटना न्यूनीकरण हुने सन्देश सहितको नाट्य प्रस्तुति विद्यार्थी बालबालिकाहरुले गरेका थिए ।

विद्यालयका विभिन्न कक्षामा अध्ययनरत् विद्यार्थीहरुले सञ्चालन गरेको कार्यक्रमको अतिथिहरुलाई स्वागत गर्दै दिइएको बुके समेत विद्यार्थी आफैले बनाएका थिए । कार्यक्रममा विद्यार्थीहरुले परम्परागत भेषभुषामा सजिएर विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

बार्षिकोत्सव कार्यक्रममा एसईई २०८१ मा ए प्लस ल्याउने २५, बिईईमा फोर जिपिए ल्याउने १८ विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । त्यस्तै, विद्यालयका कक्षागत प्रथम १२, शत प्रतिशत हाजिरी भएका ६, विद्यालयमा कक्षागत द्वितीय हुने १३, खेलकुदमा प्रथम हुने १ सय १०, द्वितीय हुने ९४ जना विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

बार्षिकोत्सवको अवसरमा दैनिक नेपालगन्जसँग कुरा गर्दै विद्यालयका प्रबन्ध निर्देशक सिंहले विद्यालयले समावेशी रुपमा शिक्षा दिइरहेको बताए । उनले विद्यालय व्यवस्थापनको अथक मेहनतले राम्रो परिणाम पाइरहेको बताए । ‘विद्यालयको व्यवस्थापन टिम, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहको प्रयासमा विद्यालयले जिल्लामा राम्रो नतिजा ल्याइरहेको छ’, उनले भने । प्रबन्ध निर्देशक सिंहले विद्यालयमा पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिंदै आएको छ । ‘हाम्रो अनुभव, लगानी, पूर्वाधारले विद्यार्थीको भविष्य बनाउँदैछौं’, उनले भने ।

‘उत्कृष्ट नतिजा हाम्रो उपलब्धी’

विद्यालयकी संस्थापक प्रिन्सिपल मधु सिंह खत्रीले बार्षिकोत्सवको मुख्य उद्देश्य विद्यार्थीहरूको असाधारण शैक्षिक उपलब्धिको उत्सव मनाउनु रहेको बताएकी छिन् । विद्यालयको १७औं बार्षिकोत्सवका अवसरमा दैनिक नेपालगन्जसँग कुरा गर्दै उनले भनिन्, ‘विद्यालयले २०८१ सालको बि.ई.ई र एस.ई.ई बोर्ड परीक्षामा उल्लेखनीय नतिजा हासिल गरेको छ ।’

‘हाम्रा विद्यार्थीहरूले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट क्षमता प्रदर्शन गरिरहेका छन् । यस वर्षको वार्षिकोत्सवको ठूलो विषय नै बोर्ड नतिजा हो’, विद्यालयकी संस्थापक प्रिन्सिपल खत्रीले भनिन् । विद्यालयबाट १८ जना ४ जिपिए होल्डर रहेको जानकारी दिँदै उनले थपिन्, ‘अन्य विद्यालयहरू एक–दुई जना ४ जिपिएका लागि संघर्ष गरिरहँदा, हाम्रो विद्यालयमा १८ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । साथै, ७६ जना विद्यार्थीले एप्लस ग्रेड प्राप्त गरेका छन् । ‘कुल १ सय ५ जना विद्यार्थीमध्ये प्रत्येकले उत्कृष्ट नतिजा ल्याउनु विद्यालयका लागि ठूलो उपलब्धि हो’, उनले भनिन् । यही सफलताको खुसी साट्न वार्षिकोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

विद्यालयको सफलता केवल नतिजामा सीमित नभएको उल्लेख गर्दै संस्थापक प्रिन्सिपल खत्रीले प्रेरणामूलक शिक्षण र सुरक्षित वातावरणलाई प्रमुख आधार मानिन् । ‘विद्यालयमा पढाएर फर्किनु सजिलो छ, तर विद्यार्थीलाई प्रेरित गर्नु र जीवनोपयोगी सीप तथा अवसरतर्फ डोर्याउनु चुनौतीपूर्ण हुन्छ । हाम्रो शिक्षक टोली यसमा उत्कृष्ट छ,” उनले बताइन् । शिक्षकहरू विद्यार्थीहरूको मनोविज्ञान बुझेर उनीहरूको व्यक्तित्व विकासमा सक्रिय रहेको र विद्यालयले विश्वासिलो, सुरक्षित वातावरण निर्माण गरेको उनको दाबी छ ।
संस्थापक प्रिन्सिपल खत्रीले अभिभावकहरूको विश्वास र सहकार्यलाई पनि विद्यालयको सफलताको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिन् । ‘अभिभावकहरूले आफ्ना सन्तानका लागि हामीमाथि राखेको विश्वास जोगाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ। शिक्षक–अभिभावकबीचको सुदृढ समन्वयले जिज्ञासु न्भल श् पुस्तालाई सही मार्गदर्शन गर्न मद्दत पुगेको छ’, उनले भनिन् ।

विद्यालयले अनुशासन र मर्यादालाई आफ्नै पहिचान बनाएको जनाएको छ । ‘अनुशासन शिक्षा भन्दा बाहिरको कुरा होइन, यो विद्यार्थी र विद्यालय दुवैको गरिमा हो। शिक्षक मात्र होइन, विद्यालयका सबै कर्मचारीलाई आवश्यक परेमा विद्यार्थी व्यवहारमा हस्तक्षेप गर्ने अधिकार छ’, प्रधानाध्यापिकाले स्पष्ट पारिन्। अंग्रेजी प्रवाहिता वा बोल्ने शैली मात्र नभई अनुशासित, मर्यादित र जिम्मेवार विद्यार्थी उत्पादन नै विद्यालयको लक्ष्य रहेको उनले जोड दिइन् ।

विद्यालयको १ बिगाह क्षेत्रफलमा फैलिएको परिसर र अतिरिक्त क्रियाकलाप, खेलकुद तथा सिर्जनात्मक अभ्यासमा जोडले गोल्डेन एबीसीलाई अन्य विद्यालयभन्दा फरक बनाएको दाबी गरिएको छ । ‘हामी शिक्षा मात्र होइन, विद्यार्थीहरूको सिर्जनशीलता र जिज्ञासालाई पनि उत्तिकै प्राथमिकता दिन्छौँ’, उनले भनिन् । विद्यालयमा प्रत्येक वर्ष विद्यार्थी संख्या उल्लेख्य रूपमा बढ्दै गएको जानकारी पनि दिइएको छ । यस वर्षको वार्षिकोत्सवले विद्यार्थीहरूको सफलता, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासलाई एउटै मञ्चमा उत्सवका रूपमा प्रस्तुत गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो ।

Previous Post

आचारसंहिता अनुगमन, कडाई गरिंदै

Next Post

राजनीतिक पूर्वाग्रह र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो : इश्तियाक राई

Next Post
राजनीतिक पूर्वाग्रह र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो : इश्तियाक राई

राजनीतिक पूर्वाग्रह र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो : इश्तियाक राई

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version