नेपालगन्जको सुर्खेतरोडमा रहेको वेष्टर्न मलमा शुक्रबार साँझ आगलागी भएको छ । चार तल्ले भवनको पहिलो तल्लाको कर्नरमा सल्किएको आगो झण्डै दुई घण्टा लगाएर नियन्त्रणमा लिइएको हो ।
आगलागीको खबर पाउनसाथ पुगेको दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि थप दमकल बोलाइएको थियो भने नेपाली सेनाको विशेष टोली आगो नियन्त्रणका लागि सक्रिय भएको थियो ।
‘क्षति र आगलागीको कारण एकिन भैसकेको छैन’, यो समाचार तयार पारिरहँदा अबेर राती वेष्टर्न मलका सञ्चालक, वेष्टर्न विजनेश गु्रपका अध्यक्ष सञ्जय थापाले दैनिक नेपालगन्जसँग भने । आगलागीबाट मानवीय क्षति भएको छैन । पहिलो तलामा रहेको एउटा कन्सल्टेन्सीको कोठाबाट आगो देखिएपछि स्थानीयले आगलागीको सूचना दिएका थिए । आगलागी भएको तलामाथि वेष्टर्न सहकारी र तल सेन्चुरी कम्युटर र मार्ट लगायतका व्यवसायिक प्रतिष्ठानहरु सञ्चालित छन् ।
छन् ।






























