बाँके : क्षेत्र नं. १, ३ मा रास्वपा, २ मा एमालेको अग्रता

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाँकेका तीन वटै क्षेत्रमा मतगणना जारी छ ।

हाल भैरहेको मत परिणाम अनुसार, क्षेत्र नं. १ र ३ मा रास्वपाका उम्मेदवार अगाडि रहेका छन् भने क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् ।

क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार सुरेश कुमार चौधरी 22004 मत सहित अग्र स्थानमा छन् भने नेपाली काँग्रेसका नारायण गौडेल उनीभन्दा पछि 8381 मत पाएका छन् । एमालेका सुर्य ढकालले 5824 मत पाएका छन् ।

क्षेत्र नं. १ मा ७५ हजार १ सय ९७ मत खसेको थियो । मतगणना जारी छ ।

त्यस्तै क्षेत्र नं. २ मा एमाले उम्मेदवार मो. इस्तियाक राई 13829 मत सहित अग्र स्थानमा छन् । उनलाई नेपाली काँग्रेसका सुधांसु कोइरालाले 9653 मत,  रास्वपाका विवेक श्रेष्ठले 9638 मत सहित सहित पछ्याइरहेका छन् ।

बाँके क्षेत्र नं. २ मा ७२ हजार ५ सय ७३ मत खसेको थियो । मतगणना जारी छ ।

बाँके क्षेत्र नं. ३ मा खगेन्द्र सुनार अग्रस्थानमा छन् । उनले 16022, एमालेका सुमन मल्लले 8737 र नेपाली काँग्रेसका अमर सिंह पुनले 5270 मत प्राप्त गरेका छन् ।

बाँके क्षेत्र नं. ३ मा ७४ हजार ५ सय ५८ मत खसेको थियो । मतगणना जारी छ ।

Exit mobile version