बर्दियामा कल्पतरु

नेपालगन्ज स्थित हस्पिटालिटी ब्राण्ड, होटल कल्पतरुले बर्दिया ठाकुरद्वारामा शाखा बिस्तार गरेको छ ।

३० करोड बढीको लागतमा कल्पतरु रिसोर्टको निर्माण गर्न लागिएको हो । कल्पतरुका सञ्चालक दिपु गुप्ताले सपरिवार रिसोर्ट शिलान्यास गर्दै बिहीबार ६ विगाह क्षेत्रफलमा बिस्तारित परियोजनाबारे दैनिक नेपालगन्जसँग भने, ‘पर्यटन व्यवसायको बिस्तारित स्वरुपमा हामी अगाडि बढिरहेका छौं ।’ उनले होटल कल्पतरुले नेपालगन्जपछि कर्णाली प्रदेश राजधानी सुर्खेतमा शाखा बिस्तार गरेर निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिंदै चौथो तलाको काम भैरहेको बताए ।

सुर्खेतमा सय करोड लगानीमा पाँच तारे होटल निर्माण गरिरहेको कल्पतरुले बर्दियाको ठाकुरद्वारामा अर्को व्यवसायिक प्रतिष्ठान बिस्तार गरेको हो ।

होटल कल्पतरु नेपालगन्जका जिएम लक्ष्मण पन्थीले नेपालगन्जको सफलतापछि सुर्खेत र बर्दियामा व्यवसायिक बिस्तार गर्न लागिएको बताए ।

Exit mobile version