For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

byDainik Nepalgunj
February 4, 2024
in विचार
0 0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बिगत केहि बर्ष अगाडी देखि नेपालमा प्रत्येक बर्ष महोत्सव हुने गरेको छ । दसै पर्व वरपर देखि बैशाखसम्म देशका ग्रामीण बजार देखि ठूला बजारहरूमा विभिन्न किसिमका मेला महोत्सव संचालन हुदै आएको छ । उद्योग वाणिज्य संघ र चेम्वरको आयोजना मात्र नभएर सामाजिक संघसंस्था, सरकारी निकाय र स्थानीय निकायले समेतले विभिन्न नाममा मेला महोत्सव गर्दै आएका छन । पछिल्लो समय सामाजिक भलाइ, सास्कृतिक उत्थान र विभिन्न पूर्वाधार निर्माणका लागि रकम संंकलन गर्ने विभिन्न तरीकाहरू मध्ये   ब्यापार महोत्सव, मेला, सांस्कृतिक कार्यक्रम, फिल्म च्यारिटी शो, विभिन्न धार्मिक अनुष्ठानहरू उपयोगी हुदै   आएका छन । अनेकौ आकर्षक नारा दिइ प्रचारप्रसार र तामझामका साथ शुरु हुने   यस्ता महोत्सवको  आवश्यकता, उपयोगिता र औचित्यको   बारेमा खासै गहन छलफल भने भएको   पाइदैन ।

मेला महोत्सवको उद्धेश्य पर्यटन, स्थानीय उत्पादन सहित व्यापार व्यवसायको प्रबर्धन गर्नु रहेको पाइन्छ । अर्को तर्फ स्थानीय कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नु रहेको पनि पाइन्छ । प्राय आयोजकले आफ्नो मूल ब्यानरमा त्यस्तै–त्यस्तै नारा बनाएको हुन्छन । आयोजक संस्था तथा क्लवहरूले जुन उद्धेश्य राखेर मेला तथा महोत्सवको आयोजना गर्दछन व्यवहारतः भने त्यस्तो खासै पाइदैन । मेला महोत्सवमा एकाद कार्यक्रममा बाहेक स्थानीय उत्पादनहरू खासै देखिदैन । पछिल्लो समय स्थानीय मौलिक उत्पादनहरू लोप हुने अवस्थामा पुगेका छन । आधुनिकिकरणका कारण स्टिल, प्लाष्टिक, फलामका भाँडाहरूको प्रयोग बढदो छ । जुन कारणले गाउँघरमा बन्ने ठेका, डाली, नाङला, डोका जस्ता हाते सामाग्रीहरू लोप भइरहेका छन । स्थानीय उत्पादनहरू हराउँदै जाँदा हाम्रो परनिर्भरता पनि बढदो छ । मेला महोत्सवको नारामा मौलिक उत्पादनको संरक्षण र प्रबर्धन गर्ने भनिए पनि त्यस्ता उत्पादनलाई प्रथामिकता दिएको खासै पाइदैन । संस्कृति संरक्षणमा पनि त्यस्तै समस्या छ । आयोजकको नारामा स्थानीय कला र संस्कृतिको संरक्षण भनिन्छ तर स्थानीय कला र संस्कृतिको प्रस्तुति तथा प्रदर्शन खासै हुँदैन । बाहिरबाट कलाकार बोलायो गीत गाउन लगायो पैसा दियो पठायो । कलाकारहरूले मञ्च पाउने र आम्दानी बढाउने ठाउँ पनि मेला महोत्सव हो । अधिकाँस मेला तथा महोत्सवको अवस्था यहि हो भन्दा पनि हुन्छ । यस्तो अवस्थाले नेपालको कला र संस्कृतिको संरक्षण हुन्छ त ? स्थानीय कला र संस्कृतिको प्रस्तुतिले समय पाउनु पर्दछ । आयोजकको ब्यानर अनुसारको मेला हुनु पर्दछ ।

अधिकांश मेला महोत्सवको नाम औद्योगिक व्यापार मेला अथवा औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन मेला राखिएको हुन्छ । तर यस्ता महोत्सवमा औद्योगिक प्रवद्र्धनको सट्टा मनोरन्जनात्मक गतिविधि बढी हुन्छन । आयोजकहरू यसलाई बाध्यता भन्छन । महोत्सवमा सबै आयोजकले उद्योग व्यापार, पर्यटन र कृषिको प्रबद्र्धधन स्थानीय कला सीप र संकृतिको संरक्षण गर्ने मुल उद्देश्यका साथ महोत्सवको आयोजना गर्ने गर्दछन । महोत्सवमा दैनिक उपयोग्य वस्तु, जडीबुटी कृषि उत्पादन, कृषि प्रर्दशनी, साना तथा घरेलु उत्पादन, हस्तकलाका समाग्री, अटोमोबाइल, सूचना प्रविधि, गार्मेन्टस, फुटवेयर, फलफूल तथा पुष्प प्रदर्शनी, जातीय पहिचानका समग्री, पर्यटनसम्बन्धी फोटो कला प्रर्शशनी, फेसन सो र विभिन्न प्रतिभाको प्रर्दशन रहने आयोजकले प्रचार प्रसारमा बताउने गर्दछन । अर्को तर्फ पर्यटकीय र धार्मिक क्षेत्रको प्रचारप्रसार र संरक्षण गरेर ग्रामीण बजारको विस्तार गरी लोप हुनलागेको कला सांस्कृतिको जर्गेना गर्ने समेत महोत्सवको उद्देश्य रहेको हुन्छ । यसरी हुदै आएको महोत्सवमा आकर्षक नारा र मनोरञ्जक विज्ञापनबाट जनतालाई महोत्सवमा आमन्त्रण गरिन्छ । विशेषगरी कृषिको   विकास, उद्योगको   विकास, पर्यटन, रोजगारी, संस्कृति संरक्षण र समग्र समृद्धिका नारा समावेश गरीे रेडियो, पत्रपत्रिका, टेलिभिजन जताततै  महोत्सवको प्रचार प्रसार भएको हुन्छ ।

यसरी हुदै आएको ब्यापार महोत्सवमा रमाउने, कमाउने   र गुमाउने   गरी तीन थरी मानिसहरू पाइन्छन । महोत्सवमा रमाउने हरूको  संख्या धेरै  देखिन्छ । पत्रकारहरू देखि नेतासम्म, स्थानीयदेखि केन्द्रीय तहका कलाकार मात्र होइन बेरोजगार युवाहरू सबै  भन्दा बढी रमाउनेमा पर्दछन । आफ्नै   गाउँ वा शहरमा हजारौ  दर्शकहरू र कलाकारहरूको   बीचमा पूmलमाला र खादाले   सम्मानित हुँदै  मञ्चमा आसनग्रहण गरी संगीतमा हप्तौ सम्म रम्न पाउने  अवसर पनि धेरैलाई महोत्सवले  जुटाइदिन्छ । त्यसमा पनि आसे  पासे र नातागोतालाई निःशुल्क महोत्सव प्रवेशको   पास बाडन पाउदा रमाउने  आयोजकहरू पनि धेरै हुन्छन । आयोजक संस्थाको  गर्जो टार्न रकम संकलनको   सुनौलो   अवसर पनि महोत्सव मानिन्छ । पत्रकारहरूलाई विज्ञापन र समाचार भए पुग्ने   भयो   । नेतालाई ठूलै  भिडको जमातमा जनता भएपछि आफ्नो   विज्ञापन बिकाउन  यो   भन्दा सुनौलो   अवसर के   होला र ? उपस्थित भीड वा आयोजकलाई अनुकूल पर्ने   गरी बोलेर ताली खाने   मौका नै   महोत्सव हो भन्दा पनि हुन्छ  । बेरोजगार युवा युवतीको   जमात जुल्फी लर्काउँदै  ,जिब्रो   फटकाउँदै   हप्तौ  सम्म रमाउन महोत्सवमा पाउछन । आफ्ना बच्चा बच्चीलाई विद्यालय पठाइ घरमा समय बिताउन कठिन मान्ने   आमाहरू, आफ्ना केटा साथी र केटी साथीलाई भेटने   उचित अवसर पनि महोत्सवले जुटाइदिन्छ । दिनभर बजारमा बरालिएर दशांै  कप चिया खाने  मध्यमवर्गीय प्रौढहरू, फुर्सदिला स्थानीय पार्टी कार्यकर्ताहरू आदिहरूका लागि एउटा अवसर, बहाना र बिसौनी बन्ने  गरेको  छ मेला महोत्सव ।

महोत्सवमा एकथरि समूहले   कमाउने   गर्दछ । संस्थागत रूपमा आयोजकले   कमाउने   भए । महोत्सव सञ्चालनको   ठेक्का लिने   ठेकेदारले   कमाउने  भए । ब्यापारीहरूले   ब्यापारको   मात्राअनुसार कमाउने   भए । प्रायःभारतबाट आउने   चटके , जादूगर, पिङहरू, बे्रक डान्स, रेल, झुला आदिका सञ्चालकहरूले  कमाउने   उद्देश्य हुने गर्दछन । त्यस्तै   आइसक्रीम, चटपटे  , पानीपुरी, खेलौना सामग्री आदिका बिक्रेताहरूले  राम्रै  कमाइ गर्दछन । महोत्सवको   समयमा साँझपख स्थानीय बजारमा मानिसको   जमघट हुन्छ र प्रायः रक्सी मासुका होटल राम्रो  सँग चल्ने   हुदा त्यहाँ पनि राम्रो  कमाइ हुने  गर्दछ । त्यस्तै  महोत्सव स्थल निर्माणलगायतको   काम गर्ने मजदुरहरूले  केही दिन भए पनि कमाउने गर्दछन । महोत्सवमा ठूला ब्यावसायिक कम्पनीहरूले   विज्ञापन गर्ने अवसर पनि प्राप्त गर्छन । यसबाट बिक्री र आम्दानी बढने   अपेक्षा राख्दछन ।

महोत्सवमा कमाउने   भन्दा गुमाउने को   संख्या धेरै   हुन्छ पनि । हामी मध्य धेरैले   महोत्सवमा सामान सस्तो   पाइन्छ भन्ने   भ्रम पालेका हुन्छौ । वास्तवमा धेरै  जसो  लामो  समय गोदाममा रहेका कम गुणस्तरका सामान महोत्सवमा बिक्रीको   लागि राखिन्छ । यस्ता महोत्सवमा निम्न र मध्यम वर्गका मानिसको  आकर्षण बढी देखिन्छ । महोत्सवमा गरिने   धेरै  जसो  खर्च फजुल र अनुत्पादक हुने   गर्दछ । घर–घरमा बच्चाका खुत्रुके   फोरिन्छन । ऋण गरे  र भए पनि महोत्सवमा आफ्ना घर परिवारलाई पठाउन पर्दा धेरैलाई आर्थीक समस्या सिर्जना हुन्छ  । अर्कोतिर फोहोर वातावरण, धुलो , फोहोर पानी, आदिले   स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नाले  बिरामी पर्ने  सम्भावना हुन्छ । घर–घरबाट ढोका बन्द गरी मेला हेर्न जादा वस्तु भाउ, खेतीपाती र बालबच्चाको   रेखदेख नहुँदा गुमाउनु पर्ने  धेरै  कुरा हुनजान्छ । कतिपय विद्यालयबाट विद्यार्थी भागे  र भए पनि महोत्सवतिर लाग्छन । यसबाट पढाइमा प्रतिकूल असर पर्ने  भयो   । अर्काे  तिर गुमाउनेहरूमा स्थानीय ब्यापारीहरू पर्दछन । महोत्सवको   अवधिभर स्थानीय पसल बन्द जस्तै  हुन्छन । नारामा स्थानीय कृषि र ब्यापार प्रबद्र्धन भने   पनि वास्तवमा महोत्सवले  स्थानीय पूँजीलाई बाहिर पठाउने   गर्दछन ।

महोत्सवबाटनै सांस्कृतिक रूपमा उच्छृंखलता, छाडापन र विभिन्न विकृतिहरू बढेको   देखिन्छ । विगतमा भएका महोत्सवमा, छाडा, नांगा, मौलिक संस्कृतिलाई धरासायी गर्ने पश्चिमा संस्कृतिलाई प्रोत्साहित भएका छन । कतिपय ठाउँमा महोत्सवमा मौलिक संस्कृति जगेर्ना गर्ने नाममा गीत सुन्न र नाँच हेर्न पनि नौतिकवान मानिसलाई अप्ठयारो हुने र स–परिवार नातागोताको साथमा संगै बसेर कार्यक्रम हेर्न र सुन्न नसकिने अवस्था समेत हुने गर्दछ । बिगतलाई हेर्ने हो भने मेला र महोत्सव भनेपछि मानिसहरू हुरुक्क हुन्थे । मेला कस्तो हुने होला ? महोत्सवमा के हुन्छ होला ? मानिसमा यस्तै उत्साह र कौतुहल जाग्दथ्यो । हजारौँ दर्शकले मेला, महोत्सवको अवलोकन गर्दथे । मेला र महोत्सव आयोजना गर्ने भनेपछि आयोजक पनि हुरुक्क हुन्थे । मेलाको लागि विशेष स्थान हुन्थ्यो । सामान्य मेला र नाचगान आयोजना गरे पनि मेला र महोत्सव नाम दिएर आयोजना गर्न जसले पायो त्यसले हिम्मत गर्दैनथे । आयोजना गर्न पनि सजिलो थियो । सबैमा एक प्रकारको कौतुहलता जाग्दथ्यो मेला र महोत्सव कस्तो हुन्छ भनेर । जिल्लामा सिमित स्थानमा मात्र महोत्सव र मेला आयोजना हुन्थ्यो । मानिसहरू बजार क्षेत्रका मात्र नभएर ग्रामीण क्षेत्रका मानिसहरू पनि महोत्सवमा पुग्दथिए । तर आजकल मेला र महोत्सवको त्यो उच्च मर्म, आकर्षण, आयतन र गहिराई घटेको छ । मानिसमा विस्तारै त्यसप्रति चासो कम हुन थालेको छ ।

मुलुकभर नै मेला र महोत्सवमा मानिसमा जुन आकर्षण र चासो हुनुपर्दथ्यो । त्यो कम हुन थालेको छ । सबैतिरबाट महोत्सवका बारेमा टिका टिप्पणी र गुनासो आउन थालेको छ । यसको एउटा मात्रै कारण हो, मेला र महोत्सव जिल्लाको धेरै ठाउमा हुनु र जहाँ पायो त्यहाँ आयोजना हुनु । महोत्सव आयोजना गर्न होडबाजी नै चल्नु । आवश्यकताले भन्दा अस्वस्थ प्रतिस्पर्धा र रहरले महोत्सव सञ्चालन गर्नु जस्ता कुराहरू छन । कतिपय स्थानमा रहर, फेसन र अस्वस्थ प्रतिस्पर्धाको रूपमा मेला महोत्सव आयोजना हुन्छन त्यो राम्रो होइन । अब मेला र महोत्सव भनेको एउटा जिल्लामा एउटा मात्र हुनु पर्दछ । तब मात्र त्यसको गरिमा बढछ । आयोजकको पनि लक्ष्य पुरा हुन्छ । दर्शकले पनि फरक अनुभूति पाउँछन । नगर, गाउँपालिका र टोलैपिच्छे मेला र महोत्सव हुँदा यसले कसैलाई फाइदा गर्दैन । उल्टै श्रम र रोजगार गर्ने व्यक्तिको समयलाई बर्बाद गराउँछ । आयआर्जनमा सामेल हुने मान्छे पनि बेकारमा समय खेर फाल्न बाध्य हुन्छ । वास्तवमा भन्ने हो भने समय र पैसा दुवै बर्बाद हुन्छ । यसकारण अस्वस्थ प्रतिस्पर्धा गरी महोत्सव आयोजना गर्ने परम्परा अन्त्य हुनु पर्दछ । फरक फरक आयोजकले फरकफरक स्थानमा मेला महोत्सव आयोजना गर्ने होइन । गरिँदै आएको महोत्सवलाई फरक ढंगले संचालन गर्नू समयको माग हो । अब जिल्लामा मात्र एउटा महोत्सव हुनु पर्दछ ।

नेपालमा मेला र जात्राको सुरुवात मल्लकालीन समयबाट सुरु भएको मानिन्छ । त्यस समयमा बिशेष गरी समाजमा रहेका विभिन्न प्राकृतिक स्रोत साधन र कला संस्कृतिलाई जगेना गर्नको लागि विभिन्न प्रकारका मेला, जात्रा मनाउने गरेको पाइन्छ । पन्चायती ब्यवस्थामा राजाको जन्मोत्सवमा जिल्ला र अन्चल सदरमुकाममा अहिलेको महोत्सवकै झलक दिने खालका मानिसहरू जम्मा पार्ने झाकी, जुलुसले उत्सव मनाउने गरिन्थो । यसरी हुने गरेका मेला र जात्रामा आफन्त, साथीभाई सँगको भेटघाट, हालखवर सोध, खोज र आफ्नो सीप प्रयोग गरी उत्पादन गरेका वस्तुहरूको विक्रि र आवश्यक सामाग्रहीहरू खरिद बिक्री गर्ने प्रचलन थियो । ती मेला र जात्राका स्वरूपहरूनै अहिले बिभिन्न नामका महोत्सवका भएका छन । त्यस भन्दाअघि महोत्सव आयोजना गर्ने चलन खासै थिएन । तर पनि स्थानिय तवरबाट हुने मेला पर्व र जात्राहरू भने हरेक गाउँ ठाउँमा लाग्ने गर्दथियो । महोत्सवको राम्रा पक्ष पनि छन । महोत्सवले पर्यटनलाई पनि जोडेको छ । तर आयोजकहरूले पर्यटनको क्षेत्रलाई खासै महत्व दिएको पाइन्न् । पर्यटनको प्रवद्र्धनका कुरा महोत्सवको बेलामा उठाउदैमा हुने पनि होइन । पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । पर्यटनमा धेरै अवसरहरू हुन्छन् । यसको अर्थ पर्यटन क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरू पनि छन् । समग्रमा भन्नु पर्दा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरू रहेका छन् । तर हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ ।

अहिले सम्म ब्यापार महोत्सवको मूल्याङन गर्न जरुरी छ । प्रायः कृषि, उद्योग, ब्यापार, संस्कृति, पर्यटन विकास र समृद्धिका लागि भने   पनि व्यवहार त्यस्तो   भएको   देखिदैन । महोत्सवमा कति स्थानीय कृषि उपज बिक्री भए ? कति कृषि औजार, आधुनिक बीउ र कृषि शिक्षा प्रसार भयो   या भएन ? स्थानीय उत्पादनको   ब्यापार कति भयो   ? स्थानीय साना तथा घरेलु उद्योगका उत्पादन कति बिक्री भए ? आदिबारे   कुनै   भरपर्दो विवरण हुँदैन र छैन । पर्यटन विकासमा कस्तो   प्रभाव प¥यो   ? कति बाह्य पर्यटक आए ? हाम्रा पर्यटकीय स्थलको   प्रचार कति भयो   ? आदिबारे   कुनै   आकलन गरिदैन । के   यस्ता महोत्सवले   स्थानीय सांस्कृतिक उत्थानमा योगदान दिएका छन् त ? वास्तवमा हाम्रो   समाज पश्चिमा छाडा संस्कृतिले   विकृत भइरहेको  छ । हाम्रा मादल, बाँसुरी, दमाहा, झ्याउरे, लोक नृत्य र जातजातिका गीत, नृत्य ओझेलमा पर्ने गरेका छन । महोत्सवले  वर्षेनि लाखौ   रूपैया जिल्ला बाहिर पुगेको छ । यी कुरामा कसैको दृष्टि पुगेको पाइन्न । महोत्सवमा कृषिमा आधुनिकीकरण, साना तथा घरेलु उद्योगको   बिकास, स्थानीय स्रोत साधनबाट वस्तु उत्पादन गर्न प्रोत्साहन दिने खालका हुनु पर्दछ । त्यसैगरी पर्यटकीय स्थलको   बिकास विस्तार र स्थानीय कला संस्कृतिसँग जोडिएको   हुनु पर्दछ ।

महोत्सवको अवलोकन गर्न आउँने दर्शकहरू व्यावसायिक ज्ञान र उत्पादनको अनुभव लिन भन्दा पनि रमाइलो गर्ने, खाने पिउने र केही फजुल खर्च बढाउँने जस्ता कार्यले प्राथमिकता पाउनु आफैमा अत्यन्त दुखद पक्ष हो । त्यस कारण मेला महोत्सव गर्नुको प्रमुख उद्देश्य निश्चित हुनु जरुरी छ । अब देश भरका मेला महोत्सव सन्चालन गर्ने उद्योग बाणिज्य संघ, चेम्वर, स्थानीय क्लव र व्यावसायिक प्रतिष्ठानहरूले आयोजना गर्ने मेला महोत्सवलाई व्यवसाय प्रर्वद्धनका साथै, सिप र ज्ञान हस्तान्तरण गर्दै आर्थिक समृद्धिमा जोड दिनुपर्ने आवश्यकता छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका तर्फबाट दिईने अनुदान, कृषि, उद्योगका साथै कुटीर उद्योगलाई व्यवसायिक विकास गर्ने दीशा तर्फ मेला महोत्सव हुनुपर्दछ । मेलालाई पर्यटन, प्रवद्र्धन, कृषि उत्पादनको बजारीकरण अनि कर नीतिको सही प्रयोग गर्दै आर्थिक समृद्धिको पक्षलाई सवल बनाउने तर्फ सबैले सोच्न पर्दछ ।

Previous Post

प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

Next Post

घट्यो सुनको भाउ

Next Post
आज सुनको भाउ बढ्यो

घट्यो सुनको भाउ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    May 20, 2025
    कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

    अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

    May 20, 2025
    चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

    May 20, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

    May 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version