अंकुर पेट प्रिफर्म उद्योगलेको थप लगानी र उत्पादन क्षमताको विस्तार गरिएको जनाएको छपश्चिम नेपालकै पहिलो पेट प्रिफर्म उद्योग, नेपालगन्जस्थित अंकुर पेट प्रिफर्म उद्योगले आफ्नो उत्पादन क्षमता दोब्बर गर्दै थप लगानी गरेको छ ।
थप लगानीमा दोब्बर क्षमता विस्तार गरेपछि आइतवारबाट विस्तारित उत्पादन शुरु गरेको उद्योगले माग अनुसारको आपूर्ति र गुणस्तरमा उत्कृष्टता दिन सकिने भएको जनाएको छ ।
‘यसअघि स–साना दुई वटा मेसिनबाट भइरहेको उत्पादन क्षमता दोब्बर हुने गरि ठुलो र अत्याधुनिक प्लान्ट लगाइएको हो,’ अंकुर पेट प्रिफर्म उद्योगका सञ्चालक अशोक बस्नेतले दैनिक नेपालगन्जसँग भने, ‘तमाम चुनौतीबीच पनि उद्योग बिस्तार र लगानी थप गरिएको छ ।’२०६७ सालदेखि अंकुर पेट प्रिफर्म उद्योगले इन्जेक्सन मोडलिङमा पेट प्रिफर्म उत्पादन गर्दै आएको छ ।
प्लाष्टिकका दाना आयात गरेर पेट प्रिफर्म तयार गर्ने उद्योगले खासगरि पानी उद्योग, जुस र मदिरा उद्योगका लागि बोटलपूर्वको स्वरुप उपलब्ध गराउँदै आएको छ । ‘इन्जेक्सन मोडलिङ पेट प्रिफर्मलाई उद्योगहरुले आफ्नो आवश्यकता अनुसारको साइज र स्वरुपका आकर्षक बोटल बनाउन डाइको प्रयोग गर्छन्,’ उद्योगपति बस्नेतले भने ।
vमध्यपूर्वको युद्धले कच्चा पदार्थ अभाव हुन थालेपछि प्लाष्टिक उद्योग बन्द हुने अवस्थामा छन् ।
‘प्लाष्टिकको मूल्य ७० प्रतिशतसम्म बढेर आएको छ,’ उद्योग सञ्चालन चुनौती बढेको औल्याउँदै अंकुर पेट प्रिफर्म उद्योगका सञ्चालक बस्नेतले भने, ‘भएकै स्टक र महँगो गरिद गरिएको कच्चा पदार्थबाट उद्योग सञ्चालन गर्नु परेको छ ।’
