For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

byDainik Nepalgunj
April 1, 2026
in News, मुख्य समाचार
0 0
0
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

FILE - A full moon is seen shining over NASA's SLS (Space Launch System) and Orion spacecraft atop the mobile launcher in the early hours of Feb. 1, 2026, at NASA's Kennedy Space Center in Florida. (Sam Lott/NASA via AP, File)

Share on FacebookShare on Twitter

झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस–२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ ।

अपोलो कार्यक्रमको झल्को दिने यो मिसनमा चार अन्तरिक्ष यात्री चन्द्रमातर्फ प्रस्थान गर्नुहुनेछ । उहाँहरू चन्द्रमाको सतहमा अवतरण नगरी त्यसबाट हजारौँ माइल टाढासम्म पुगेर फर्किनुहुनेछ । करिब १० दिनभन्दा कम अवधिको यो ‘फ्लाइबाइ’ उडानले चन्द्रमाको परिक्रमा नगरी पृथ्वीमा सीधा फर्कने योजना समेटेको छ ।

यस मिसनमा सहभागी अन्तरिक्ष यात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन विविधता र अन्तर्राष्ट्रिय प्रतिनिधित्वका दृष्टिले विशेष मानिनुहुन्छ । कोचले महिला अन्तरिक्ष यात्रीमध्ये सबैभन्दा लामो एकल अन्तरिक्ष उडान (३२८ दिन) को कीर्तिमान बनाइसक्नुभएको छ र पहिलो सर्वमहिला स्पेसवाकमा पनि सहभागी हुनुभएको थियो । ग्लोभर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बस्ने पहिलो अश्वेत अन्तरिक्ष यात्रीमध्ये एक हुनुहुन्छ भने क्यानाडाका ह्यानसेन पहिलोपटक अन्तरिक्ष यात्रामा निस्कँदै हुनुहुन्छ । वाइजम्यानले अनुभवी कमाण्डरका रूपमा टोलीको नेतृत्व गरिरहनुभएको छ ।

मिसनका लागि प्रयोग गरिने स्पेस लन्च सिस्टम (एसएलएस) रकेट अपोलो युगको स्याटर्न–५ भन्दा छोटो भए पनि प्रक्षेपण शक्तिका हिसाबले अझ शक्तिशाली मानिन्छ । यसको शीर्षमा ओरियन क्याप्सुल रहनेछ, जसले अन्तरिक्ष यात्रीहरू बोकेको हुनेछ । तर प्रक्षेपणअघि केही प्राविधिक चुनौतीहरू पनि देखिएका छन् । हाइड्रोजन चुहावट र हिलियम प्रवाहसम्बन्धी समस्याले परीक्षणहरू प्रभावित पार्दै प्रक्षेपण समयतालिका केही पछि धकेलिएको छ ।

उडानपछि पहिलो २५ घण्टा अन्तरिक्ष यात्रीहरूले पृथ्वीको उच्च कक्षामा परिक्रमा गर्नुहुनेछ । त्यसपछि उहाँहरूले भविष्यका चन्द्र अभियानका लागि आवश्यक डकिङ अभ्यास गर्नुहुनेछ । सबै प्रक्रिया सफल भएमा ओरियनको मुख्य इन्जिनले यानलाई करिब तीन लाख ९३ हजार किलोमिटर टाढा चन्द्रमातर्फ पठाउनेछ । ‘फ्रि–रिटर्न ट्राजेक्टोरी’ प्रयोग गरिने यस उडानमा चन्द्र र पृथ्वीको गुरुत्वाकर्षणको सहायताले इन्धन बचत गरिनेछ ।

उडानको छैटौँ दिन यान पृथ्वीबाट सबैभन्दा टाढाको विन्दुमा पुग्नेछ, जुन अपोलो–१३ को रेकर्डभन्दा पनि पर हुनेछ । चन्द्रमाबाट करिब आठ हजार किलोमिटर टाढा पुग्दा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भाग नजिकबाट अवलोकन गर्नुहुनेछ । यो क्षेत्र मानव आँखाले प्रत्यक्ष हेर्न पाएको अत्यन्तै दुर्लभ अवसर हुनेछ । टोलीले यस क्रममा व्यापक तस्बिरहरू खिच्ने तयारी गरेको छ, जसका लागि अत्याधुनिक क्यामेरा र स्मार्टफोनहरू पनि साथमा लगिनेछन् ।

नासाका खगोलविद् केल्सी यङले चन्द्रमालाई ‘विश्वलाई जोड्ने साझा वस्तु’ भन्दै यस मिसनले मानिसहरूलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो । विशेष गरी चन्द्रमाको टाढाको भागबारे प्रत्यक्ष अवलोकनले वैज्ञानिक अनुसन्धानमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

मिसनको अन्त्य अपोलो कार्यक्रमजस्तै प्रशान्त महासागरमा स्प्ल्यासडाउनमार्फत हुनेछ । पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा ओरियन क्याप्सुलको तातो ढाल सबैभन्दा महत्त्वपूर्ण पक्ष हुनेछ, जसले सन् २०२२ को परीक्षण उडानमा कडा परीक्षा सामना गरेको थियो । यसपटक भने अवतरण प्रक्रियालाई छोट्याएर तापीय जोखिम घटाउने योजना बनाइएको छ ।

समग्रमा, आर्टेमिस–२ मिसनलाई चन्द्रमामा पुनः मानव उपस्थितिको मार्ग तयार गर्ने प्रारम्भिक तर निर्णायक कदमका रूपमा हेरिएको छ, जसले भविष्यमा चन्द्र अवतरण र दीर्घकालीन अन्तरिक्ष अभियानका लागि ढोका खोल्नेछ ।

–––

Previous Post

गाउँमा आएन डिपबोरिङमा पानी

Next Post

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

Next Post
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version