For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

byDainik Nepalgunj
April 1, 2026
in News, मुख्य समाचार
0 0
0
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो
Share on FacebookShare on Twitter

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार विसं २०७० वैशाख १ गतेदेखि विसं २०८२ फागुन मसान्तसम्मको अवधिमा देशभर तीन हजार ३८६ वटा चट्याङका घटना दर्ता भएका छन् । ती घटनामा कुल एक हजार ७३ जनाको ज्यान गएको छ । तीमध्ये ४६० पुरुष, ३०३ महिला र ३१२ जनाको पहिचान खुल्न सकेको छैन ।

चट्याङबाट तीन ४०८ जना घाइते भएका छन् । तीमध्ये एक हजार ३१७ पुरुष, एक हजार ६३३ महिला छन् । चार हजार २९४ परिवार चट्याङका कारण प्रभावित बनेका केन्द्रले जनाएको छ । साथै एक सय चार घरमा पूर्ण र तीन सय ९० घरमा आंशिक रूपमा क्षति पुगेको छ । 

पूर्वाधारतर्फ एक सय १४ गोठमा क्षति पुगेको छ भने चार हजार ८४९ वटा पशुचौपायामा क्षति पुगेको छ । केन्द्रका अनुसार चट्याङका घटनाबाट कुल रु ११ करोड ८२ लाख १८ हजार २६० बराबरको अनुमानित आर्थिक क्षति भएको वरिष्ठ हाइड्रोलोजिस्ट शर्माले जानकारी दिनुभयो ।

विसं २०७० देखि २०८२ सम्मको अवधिमा मकवानपुरमा सबैभन्दा बढी १८२ वटा चट्याङका घटना दर्ता भएका छन् । उक्त जिल्लामा २१ पुरुष र २० महिला गरी ४१ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । साथै तीन सय परिवार प्रभावित भएका छन् ।

झापामा एक सय १३ घटना, उदयपुरमा एक सय चार, दैलेखमा एक सय पाँच र मोरङमा ९५ वटा घटना दर्ता भएका छन् । मानवीय क्षतिको हिसाबले मकवानपुरमा सबैभन्दा बढी ७५, मोरङमा ४२ र उदयपुरमा ३९ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

पूर्वी पहाडी जिल्लामा पनि चट्याङको प्रभाव उल्लेखनीय देखिएको केन्द्रको भनाइ छ । खोटाङमा ९२, सङ्खुवासभामा ८६, र ओखलढुङ्गामा ७६ वटा घटना दर्ता भएका छन् । यसले यी क्षेत्रमा चट्याङको निरन्तर जोखिम देखाएको छ । मधेस प्रदेशअन्तर्गत सप्तरी, सिराहा, धनुषा, पर्सालगायत जिल्लामा दर्जनौँको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ ।

पश्चिम नेपालतर्फ रोल्पामा ९१, गुल्मीमा ७२, प्युठानमा ७२  र अछाममा ७३ वटा घटना दर्ता भइका छन् । आर्थिक क्षतिमा झापामा सबैभन्दा बढी करिब रु एक करोड सात लाखबराबरको क्षति भएको छ भने खोटाङ, उदयपुर र सङ्खुवासभामा पनि बढी नोक्सानी भएको  छ । 

यसैबीच, विज्ञहरूले मनसुन र प्रि-मनसुन अवधिमा चट्याङका घटना बढी हुने भएकाले सचेतना अभिवृद्धि र सुरक्षात्मक उपाय अपनाउन आवश्यकमा जोड दिएका छन् । 

वार्षिक औसत ६७ जनाको मृत्यु

विसं २०७९ देखि विसं २०८१ सम्मको तथ्याङ्क विश्लेषण गर्दा चट्याङबाट वार्षिक औसत रूपमा ६७ जनाको मृत्यु हुने गरेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कले देखिएको छ । गृह मन्त्रालयको तथ्याङ्क अनुसार विसं २०७७ मा दुई दुई ४८ वटा घटना हुँदा ७० जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएका थिए । विसं २०७८ मा घटनाको सङ्ख्या दुई सय तीनमा झरेकामा ती घटनामा ५६ जनाको मृत्यु र एक सय ७९ जना घाइते भएका थिए ।

वरिष्ठ हाइड्रोलोजिष्ट शर्माका अनुसार विसं २०७९ मा दुई सय ९० घटना दर्ता हुँदा ८४ जनाको मृत्यु, दुई सय ३८ जना घाइते, विसं २०८० मा दुई सय ४७ घटनामा ४४ को मृत्यु र दुई सय २८ घाइते, विसं २०८१ मा चार सय ३६ घटना हुँदा वर्ष ७९ जनाको मृत्यु र तीन सय २२ जना घाइते भएका छन् । विसं २०८२ को वैशाखदेखि चैत्र १४ गतेसम्मको अवधिमा चार सय ४१६ घटना हुँदा ४७ को मृत्यु र तीन सय सात जना घाइते भएका उहाँले जानकारी दिनुभयो । 

यसैबीच, जल तथा मौसम विज्ञान विभागको प्रवक्ता एवं मौसमविद् विभूती पोखरेलले हावाहुरी चलिरहेको तथा चट्याङ परिरहेको समयमा घरबाहिर ननिस्कन सबैलाई आग्रह गर्नुभयो । विभागका मौसमविद् गोविन्द झाले चट्याङ्ग (आकाशीय बिजुली) आउन लागेको छ कि छैन भनेर सर्वसाधारणले केही स्पष्ट प्रारम्भिक सङ्केतबाट पहिचान गर्न सक्ने बताउनुभयो । उहाँका अनुसार अस्थिर वायुमण्डल, दिउँसो गर्मी बढ्नु र विस्तारै कालो बादल लाग्नु, बादल तीव्रगतिमा सर्नु र अचानक चिसो हावा चल्नु चट्याङको प्रमुख सङ्केत हुन् । 

टाढाबाट गड्याङगुडुङको आवाज सुन्नु पनि चट्याङ्ग आगमनको स्पष्ट सङ्केत रहेकाकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा मौसमविद् झाले जोड दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन थाली गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर वा संरचना भए भित्र जानुपर्ने जनाएको छ ।

के हो चट्याङ ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन  गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकका अनुसार चट्याङ बादलदेखि जमिनमा बग्ने ठूलो मात्राको विद्युतीय करेन्ट हो । फरक उचाइमा रहेका र विपरीत चार्ज रहेका बादलहरू नजिक पुगेर एक्कासी विद्युत् प्रवाह हुँदा ठूलो मात्रामा शक्ति उत्पन्न हुँदा चर्को आवाज र आगोसहितको विद्युतीय तरङ्ग पृथ्वीको सतहमा आउँदा चट्याङको जोखिम हुन्छ । बस्ती, वन बुट्यान र भौगोलिक परिवेशले चट्याङका घटना र विपद् जोखिम निर्धारण गर्दछन् तापनि मूलतः यो एक दुर्घटना हो । चट्याङका कारण विशेषगरी खुला क्षेत्रमा काम गर्ने किसान, मजदुर र पशुपालकको ज्यान जाने गरेको छ । अग्ला भवन, विद्यालय, अस्पताल, सपिङ मल, विद्युत तथा टेलिफोन लाइनजस्ता भौतिक पूर्वाधार संरचनामा चट्याङ निवारक प्रविधि जडान गरेर जनधनको क्षति कम गर्न सकिन्छ ।

चट्याङबाट बच्न पूर्वतयारी र सावधानी अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन  गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकले चट्याङबाट हुने जोखिम घटाउन समयमा पूर्वतयारी र सचेतना अपनाउन सबैलाई आग्रह गरेको छ । प्राधिकरणले आधिकारिक निकायबाट जारी हुने पूर्वसूचना र जानकारीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएको हो ।

हाते पुस्तकअनुसार चट्याङका बेला सुरक्षित स्थान र व्यवहारबारे अग्रिम जानकारी राख्नु आवश्यक छ । यसबारे घरपरिवार, छिमेकी तथा समुदायमा छलफल गरी सचेतना फैलाउनुपर्ने उल्लेख गरिएको छ । विद्यालय, कलेज तथा टोलस्तरमा समेत चट्याङबाट जोगिने अभ्यास सञ्चालन गर्न सुझव दिएको छ ।

घरवरिपरि रहेका अग्ला रुखहरू हटाउने वा होचो बनाउने साथै घरको विद्युतीय प्रणालीमा गुणस्तरीय अर्थिङ व्यवस्था गर्नुपर्ने जनाइएको छ । अर्थिङले चट्याङको करेन्टलाई जमिनमा सुरक्षित रूपमा प्रवाह गर्न मद्दत गर्दछ । चट्याङ सक्रिय हुने समयमा अनावश्यक रूपमा विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त क्षेत्रमा भीड नगर्न पनि आग्रह गरिएको छ ।

घरबाहिर हुँदा अपनाउनुपर्ने सावधानी

चट्याङ परिरहेका बेला बाहिर परेमा तत्काल सुरक्षित भवनभित्र पस्नुपर्ने सुझाव दिइएको छ । रुख, बिजुलीका पोल वा टावर नजिक बस्न नहुने, छाता प्रयोग नगर्नु पर्ने तथा खेतबारीमा काम गरिरहेको अवस्थामा काम रोकी सुरक्षित स्थानमा जानुपर्ने उल्लेख गरिएको छ । सुरक्षित ओत उपलब्ध नभएमा शरीरलाई सानो बनाएर घुँडा समातेर बस्नुपर्ने, समूहमा भए अलगअलग र टाढा बस्नुपर्ने बताइएको छ । खोला, पोखरी वा स्वीमिङ क्षेत्रमा रहेमा तुरुन्त बाहिर निस्कन र माछा मार्ने वा र्‍याफ्टिङजस्ता गतिविधि नगर्न पनि सचेत गराइएको छ । त्यस्तै, साइकल वा मोटरसाइकलमा यात्रा गरिरहेको अवस्थामा सवारी साधन रोकी ओर्लनुपर्ने र धातुका वस्तु नछुनुपर्ने सुझाव दिइएको छ ।

घरभित्र हुँदा के गर्ने ?

प्राधिकरण वरिष्ठ हाइड्रोलोजिष्ट शर्माले घरभित्र रहँदा झ्यालढोका बन्द गरी सुक्खा स्थानमा बस्नुपर्ने, तारयुक्त टेलिफोन प्रयोग नगर्नुपर्ने तथा सकेसम्म मोबाइल फोनसमेत प्रयोग नगर्न सुझाव दिनुभएको छ । उहाँका अनुसार चार्जमा रहेका विद्युतीय उपकरणहरू हटाउने, टिभी, कम्प्युटरजस्ता उपकरण बन्द गरी प्लग निकाल्नुपर्छ । 

“साथै पानीका धारामा नछुने, नुहाउने, कपडा धुने वा भाँडा माझ्ने काम नगर्नुपर्ने तथा झ्याल, ग्रिल वा धातुका संरचनामा नअडिएर अलग बस्न आग्रह गर्दछौँ”, शर्माले भन्नुभयो । सम्बन्धित निकायले बारम्बार चट्याङ पर्ने क्षेत्रमा ‘चट्याङ जोखिम क्षेत्र’ का ङस्केत चिह्न राखी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मानसिक स्वास्थ्यमा पर्ने असर

पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ वासुदेव कार्कीले चट्याङजस्ता प्राकृतिक विपद्पछि मानसिक तथा मनोसामाजिक समस्या देखिन सक्ने बताउनुभयो । उहाँका अनुसार यस्ता घटनापछि पीडित र प्रभावित परिवारमा तनाव, डर, चिन्तालगायत समस्या सामान्य रूपमा देखापर्न सक्छन् । “विपद्को समयमा मानसिक अवस्थालाई बेवास्ता गर्नु हुँदैन, समयमै पहिचान र व्यवस्थापन आवश्यक हुन्छ”, उहाँले भन्नुभयो । 

सरकारले पनि प्राकृतिक विपद्का बेला मनोसामाजिक समस्याको पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नीति बनाएको भन्दै वरिष्ठ मनोरोग विशेषज्ञ कार्कीले नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँका अनुसार यस्ता कठिन समयमा व्यक्तिले आफ्ना भावनात्मक समस्या स्वाभाविक रूपमा स्वीकार गर्नुपर्छ । 

“आफ्नो अनुभूति दबाएर राख्नु हुँदैन, नजिकका साथी वा परिवारसँग कुरा गर्नु महत्त्वपूर्ण हुन्छ”, वरिष्ठ मनोरोग विशेषज्ञ कार्कीले सुझाव दिनुभयो, “आवश्यक परेमा विशेषज्ञ चिकित्सकको सहयोग लिनुपर्छ ।” उहाँले प्रभावितलाई उपलब्ध सहयोगी संयन्त्रसँग जोड्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाहरूले मनोसामाजिक सहयोगसम्बन्धी कार्यविधि तयार गरी तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको  छ । विपद्बाट मृत्यु भएका व्यक्तिका परिवार र घाइतेका आफन्तलाई विशेष मनोसामाजिक सहयोग आवश्यक पर्ने भएकाले राज्य र सरोकार भएका निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने कार्कीले सुझाव दिनुभयो ।

गर्भावस्थामा चट्याङको असरबारे विशेषज्ञको भनाइ यस्तो छ

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राडा आरजुचन्द सिंहले गर्भवतीमा चट्याङसम्बन्धी फैलिएका भ्रमहरूले अनावश्यक डर सिर्जना गर्ने भन्दै वैज्ञानिक तथ्यमा आधारित जानकारी अपनाउन आग्रह गर्नुभएको छ । “गर्भावस्थामा चट्याङ जस्ता मौसमजन्य घटनाभन्दा पनि सही जानकारी र व्यवहारिक सावधानी महत्वपूर्ण हुन्छन् । सामान्य अवस्थामा चट्याङको प्रभाव गर्भवती महिला वा गर्भस्थ शिशुमा हानी गर्दैन । झ्यालबाट चट्याङ देख्नु, बाहिर पानी परिरहेको बेला घरभित्र बस्नु वा गर्जन सुन्नुजस्ता अवस्थालाई ‘अप्रत्यक्ष सम्पर्क’ मानिन्छ । जुन गर्भवती र शिशु दुवैका लागि सुरक्षित मानिन्छ”, उहाँले भन्नुभयो, “प्रत्यक्ष रूपमा चट्याङ लाग्ने सम्भावना अत्यन्तै कम हुन्छ तर यस्तो अवस्थामा आमाको मुटु वा स्नायु प्रणालीमा असर पर्नसक्ने र त्यसले शिशुको अक्सिजन आपूर्तिमा समस्या ल्याउन सक्छ ।”

चट्याङको गर्जनले शिशुलाई हानि पुर्‍याउँछ भन्ने विश्वास गलत रहेको भन्दै उहाँले अम्नियोटिक तरल पदार्थले ध्वनि तरङ्गलाई कम गर्ने बताउनुभयो । डा सिंहका अनुसार प्रत्यक्ष विद्युत् झट्का लागेमा, बेहोस हुने, लगातार चक्कर आउने, रगत बग्ने, पानी चुहिने वा पेट दुख्नेलगायत लक्षण देखिएमा तत्काल अस्पताल जानुपर्ने हुन्छ । सामान्य रूपमा दुई घण्टाभित्र कम्तीमा १० पटक शिशुको हलचल महसुस हुनुपर्ने उल्लेख गर्दै उहाँले असामान्य कमी देखिएमा तत्काल ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

Previous Post

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

April 1, 2026
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

April 1, 2026
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

April 1, 2026
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा

गाउँमा आएन डिपबोरिङमा पानी

April 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version