महिन्द्राको २ टन क्षमताको बोलेरो म्याक्स पिक–अप बाँकेमा

नेपालको अटोमोबाइल बजारमा साना कमर्सियल गाडीको सेगमेन्टलाई लक्षित गर्दै Mahindra & Mahindra को नयाँ ‘बोलेरो म्याक्स पिक–अप’ बाँकेमा सार्वजनिक गरिएको छ ।

महिन्द्राका लागि नेपालको आधिकारिक वितरक Agni Incorporated Pvt.Ltd. ले भुसाल इन्टरनेसनल प्रा.लि.सँगको सहकार्यमा जानकी गाउँपालिका–६ गनापुरस्थित सोरुममा बुधवार विशेष कार्यक्रम गरी गाडी सार्वजनिक गरेको हो ।

अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडका प्रदेश प्रमुख, गोकुल खरेल, पिकअप प्रडक्ट हेड रोशन श्रेष्ठ, प्रवन्धक हरिचन्द्र श्रेष्ठ, भुसाल इन्टरनेशनलका प्रवन्ध निर्देशक पार्थ भुसाल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, अटो एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली लगायतले गाडी सार्वजनिक गरेका हुन् ।

त्यस अवसरमा विशेष छुटसहित गाडी खरिद गर्ने ग्राहकलाई सम्मानसहित भुसाल इन्टरनेसनल प्रा.लि.ले चावी हस्तान्तरण कार्यक्रम पनि गरिएको थियो ।

भुसाल इन्टरनेशनलका प्रवन्ध निर्देशक पार्थ भुसालका अनुसार, २९ लाख ९५ हजार मुल्यबाट शुरु हुने नयाँ पिक–अप दुई भेरियन्टमा उपलब्ध छ । एसी सहितको उक्त गाडीको २ टनसम्म भार क्षमताको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रदेश प्रमुख गोकुल खरेलले १.७ देखि २ टनसम्म भार क्षमता रहेको यो पिक–अप नेपाली बजारमै पहिलोपटक २ टन क्षमता सहित प्रस्तुत गरिएका बताए । खरेलका अनुसार, १० फिटसम्म लामो कार्गो बेड, मजबुत च्यासिस, उच्च इन्धन दक्षता र कठिन भौगोलिक अवस्थालाई अनुकूल डिजाइन यसका मुख्य विशेषता हुन् ।

डिजेल र सीएनजी दुवै विकल्पमा उपलब्ध यो गाडीमा महिन्द्राको m@Di इन्जिन प्रयोग गरिएको छ । निर्माण, कृषि, लजिस्टिक्स तथा इन्टरसिटी ढुवानीका लागि उपयुक्त मानिएको यो पिक–अपले नेपाली बजारमा महिन्द्राको उपस्थितिलाई थप मजबुत बनाउने कम्पनीको विश्वास छ ।

महिन्द्राले यसलाई क्रमशः देशका प्रमुख व्यापारिक शहरहरूमा विस्तार गर्ने योजना समेत अघि सारेको जनाएको छ ।

Exit mobile version