जिल्ला सहकारी संघले उत्कृष्ट सहकारी संस्था लि. तर्फको पुरस्कार यस वर्ष नेपालगन्जस्थित ‘वेस्टर्न बचत तथा ऋण सहकारी संस्था लि’ लाई प्रदान गरेको छ ।
नेपालगन्जमा शुक्रवार ६९औँ राष्ट्रिय सहकारी दिवस पारेर आयोजित औपचारिक कार्यक्रममा वेष्टर्नलाई ‘उत्कृष्ट सहकारी पुरस्कार–२०८२’ प्रदान गरिएको हो । ‘उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने मुख्य नाराका साथ बाँकेका सहकारीहरुले राष्ट्रिय सहकारी दिवस भव्य रूपमा मनाएका हुन् ।
जिल्ला सहकारी संघका प्रमुख कार्यकारी अधिकृत नवराज उपाध्यायले जिल्लामा सहकारी अभियानमा पु¥याएको योगदानको उच्च मुल्यांकन गरि उत्ृकष्ट सहकारी पुरस्कार वेष्टर्नलाई प्रदान गरिएको बताए ।
१६ वर्षअघि २०६८ सालमा स्थापना भएको वेस्टर्न बचत तथा ऋण सहकारी संस्था लि.ले झण्डै ३ हजार सदस्यलाई संगठित गर्दै कारोबार गरिरहेको जनाएको छ । संस्थाका प्रवन्धक थानिश्वर पाण्डेयले २ हजार ७८७ सदस्य रहेको वेष्टर्नले १० करोड ५८ लाख शेयर पूँजीमा ६८ करोडको व्यालेन्स सीट बनाउन सफल भएको बताए ।
‘यो पुरस्कारले हामीलाई थप विश्वस्नीय बनाएको छ, हामी उत्साहित छौं,’ ‘उत्कृष्ट सहकारी पुरस्कार–२०८२’ ग्रहणपछि वेस्टर्न बचत तथा ऋण सहकारी संस्था लि.का प्रवन्धक पाण्डेयले दैनिक नेपालगन्जसँग भने, ‘स–साना बचतकर्ताको रकम सुरक्षा र त्यसको लगानीबाट आर्थिक उन्नयनमा सहकारी अभियानको सार्थकता सिद्ध गर्नुनै हाम्रो दायित्व हो भन्ने कुरा राम्ररी बुझेका छौं ।’





























