आज बस्दै लुम्बिनी प्रदेश सभा

आज आइतबार लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक बस्ने भएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम उक्त सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

यसअघि सातौँ अधिवेशनको चौथो बैठक माघ २० गते बसेको थियो । प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो ।

Exit mobile version