योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

बाँकेको खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको खेल मैदानमा जारी दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगितामा मानवी स्पोर्टस क्लब र एक्स आर्मी लेजेन्ड टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा मानवी स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो। प्रतिस्पर्धात्मक खेलमा मानवीका सुदिप विकले २१औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उत्कृष्ट प्रदर्शन गरेका विक ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई हरित सृजना सामुदायिक वन उपभोक्ता समिति सचिव गंगा शाही र स्थानीय समाजसेवी रामबहादुर महताराले पुरस्कृत गरेका थिए ।

दोस्रो खेलमा एक्स आर्मी लेजेन्ड टिमले चन्द्रज्योति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै क्वाटरफाइनल यात्रा तय ग¥यो । निर्धारित समयमा दुवै टोली १–१ को बराबरीमा रोकिएका थिए । एक्स आर्मीका यानबहादुर श्रेष्ठले ३८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने चन्द्रज्योतिका सैलेन्द्र विसीले दोस्रो हाफको ४५औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

रोमाञ्चक खेलमा उत्कृष्ट प्रदर्शन गरेका एक्स आर्मीका गोलकिपर विकास केसी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई स्थानीय समाजसेवी तिलक वली र प्रतियोगिता संयोजक गणेश राईले पुरस्कार प्रदान गरे ।

योगिनी युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा बाँके र बर्दियाका १३ टोली सहभागी छन ्। प्रतियोगिता चैत २९ गतेसम्म सञ्चालन हुनेछ । विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर र स्ट्राइकरलाई समेत पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष कमल पुनले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत आज बुधबार आयोजक योगिनी युवा क्लब ‘ए’ र बर्दियाको केवाईसीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा मानवी स्पोर्टस क्लब र एक्स आर्मी लेजेन्डबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

Exit mobile version