साहू समाजद्वारा शुभकामना अदानप्रदान

साहू समाज जिल्ला कार्यसमिति बाँकेले नयाँ बर्षको अवसरमा शनिबार नेपालगन्जमा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रम बीच बालेन्द्र शाह प्रधानमन्त्री बनेको बधाई समेत ज्ञपान गरिएको थियो ।

समाजका अध्यक्ष हंसराम साहूको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले साहू समाजबाट विभिन्न शिर्ष पदमा पुग्न सफल भैरहेको भन्दै हर्ष व्यक्त गरेका थिए । उनीहरूले सांस्कृतिक महत्व, शिक्षाको महत्वबारे समेत धारणा राखेका थिए ।

समाजसेवी माधवराम बर्माको आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रदिप साहूले गरेका थिए । कार्यक्रम बालकहरूले सांस्कृतिक कला प्रस्तुति गरेका थिए भने उपसचिव पदमा बढुवा भएका ई. राम आश्रय साह लगायत समाजमा योगदान पुर्याउनेलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा शिवप्रसाद पाठक, पूर्व नगर प्रमुख विजय गुप्ता, रामफेरन शर्मा, समाजका सदस्य, विभिन्न क्षेत्रका व्यक्तित्को सहभागिता रहेको थियो ।

Exit mobile version