सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

सामसंग नेपालले स्मार्ट र अझ रमाइलो होम कुकिंगलाई प्रोत्साहन दिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास सफलतापूर्वक आयोजना गरेको छ। यस मास्टरक्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो, जहाँ सहभागीहरूले सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाए।

यो मास्टरक्लास शनिबार, ११ अप्रिलमा, द्वारका प्यालेसमा आयोजना गरिएको थियो। यस कार्यक्रम मा मोडर्न माइक्रोवेभ प्रविधि द्वारा घरमै खाना बनाउदा स्वाद र पोषण कसरि कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरि सजिलो बनाउछ भन्ने प्रदर्शन गरिएको थियो। सहभागीहरूले सामसंगका Solo, Grill र Convection माइक्रोवेभ मोडलहरू प्रयोग गरी व्यवहारिक कुकिङ्ग सीप र सिर्जनात्मक परिकारहरू सिक्ने मौका पाए।

सामसंगका माइक्रोवेभ मार्फत खाना छिटो तताउने र grill गर्ने देखि बेकिङ गर्ने तथा मल्टि-स्टेज कुकिङसम्म, विभिन्न परिकारहरू तयार गर्न सकिने तरिकाहरू शेफ उलकले प्रस्तुत गरे। यसले गर्दा, सामसंगको माइक्रोवेभ लाइनअपले व्यस्त जीवनशैली भएका परिवारहरूका लागि छिटो, स्मार्ट र सहज अनुभव प्रदान गर्ने कुरा प्रष्ट पार्‍यो।

यस कार्यक्रमले खाना पकाउने उत्साही, गृहिणी र प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गर्‍यो, जो आधुनिक उपकरणहरूले कसरी आफ्नो दैनिक खानाको तयारीलाई अझ राम्रो बनाउन सक्छन् भनेर जान्न उत्सुक थिए। नि:शुल्क दर्ता उपलब्ध भएकोले, सामसुङ नेपालले इच्छुक सहभागीहरूलाई मास्टरक्लासमा सहभागी हुन र माइक्रोवेभ खाना पकाउँदा दैनिक दिनचर्या कसरी परिवर्तन हुन्छ भन्ने प्रत्यक्ष अनुभव गर्न आमन्त्रित गरेको थियो। कार्यक्रममा सामसंग स्मार्टथिंग्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो, जहाँ सहभागीहरूले स्मार्ट कनेक्टिभिटीका फाइदाहरू अन्वेषण गरेका थिए। सहभागीहरूलाई Bespoke एआई वाशिङ मेसिन र रेफ्रिजरेटरका रेन्ज जस्ता सामसुङ घरेलु उपकरणहरूसँग एपलाई कसरी लिङ्क गर्दा दैनिक दिनचर्यालाई सरल बनाउन र समग्र सुविधा बढाउन सकिन्छ भन्ने कुराको परिचय गराइएको थियो।

यो पहल घरमै खाना पकाउन रुची राख्ने ग्राहकहरुलाई इनोभेटिभ किचन समाधानमार्फत सशक्त बनाउने सामसंगको निरन्तर प्रयासको एक हिस्सा हो। इनोभेटिभ एडभान्स्ड टेक्नोलोजी र विशेषज्ञ कलिनरी निर्देशन संयोजनमार्फत ब्रान्डले परिवारहरूलाई आफ्ना भान्सामा नयाँ परिकारहरु अन्वेषण गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ।

सामसंग नेपालले निरन्तर रूपमा सुविधा र कार्यक्षमता बढाउने इनोभेटिभ घरेलु उपकरणहरू प्रस्तुत गर्दै आएको छ। यसको माइक्रोवेभ रेन्ज—Solo, Grill र Convection मोडलहरू सहित—आधुनिक जीवनशैली अनुरूप बहुउपयोगी समाधान प्रदान गर्दछ। सामसंगका माइक्रोवेभहरू देशभरका आधिकारिक सामसंग स्टोरहरूमा उपलब्ध छन्।

Exit mobile version