‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता(२०८२’ सोमबारबाट सुरु भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताका संयोजक एवम् न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीको सभापतित्वमा भएको प्रतियोगिताको प्रमुख अतिथी तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले एक समारोहका बीच उद्घाटन गरे । उद्घाटन शत्रमा गाउँपालिका उपाध्यक्ष एवम् विशिष्ट अतिथी मञ्जु मल्लसहित अतिथीहरुको उपस्थिती रहेको थियो । प्रतियोगिता उद्घाटन अघि परम्परागत बाजागाजा सहित झाँकी निकालिएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमाा गोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवलले विजयी सुरुवात गर्यो । डिगाउँस्थित मिनी रंगशालामा भएको उद्घाटन खेलमा संकटा स्पोट्र्स क्लब काठमाडौंलाई १(० गोलले हराउँदै गोर्खा ब्वाइजले विजयी सुरुवात गरेको हो । विजयी भएसँगै गोर्खा ब्वाइजले आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । गोर्खाको तर्फबाट निराजन खत्रीले खेलको १४ औं मिनेटमा गोल गरेर टिमलाई जित दिलाए ।
उक्त खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका निराजनले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनलाई प्रमुख अतिथी बिक र विशिष्ट अतिथी मल्लले पुरस्कार हस्तान्तरण गरे । प्रतियोगिता अन्तर्गत नयाँ वर्ष २०८३ का दिन मंगलबार९भोलि० कर्णाली प्रदेशको काँक्रेबिहार स्पोर्ट्स क्लब र नवलपरासीको फोर ब्रर्दश एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा कुल ८ वटा टिम सहभागी भएको प्रतियोगिताका संयोजक खत्रीले जानकारी दिएका छन् । नक आउटका आधारमा खेलाएको उक्त प्रतियोगिता बैशाख ६ गतेसम्म चल्ने बताइएको छ । प्रतियोगितामा गोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवल, संकटा स्पोट्र्स क्लब काठमाडौं, कांक्रेबिहार स्पोट्र्स क्लब सुर्खेत, फोर ब्रर्दश एफसी नवलपरासी, भारत लखनउको जेविएम फुटबल एकेडेमी, सशस्त्र प्रहरीको विभागिय टिम एपिएफ क्लब, नाईजेरियन जोन क्लब नाइजेरिया र आयोजक टिम न्यू डाँफे स्पोट्र्स क्लब सहभागी भएका छन् ।
प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप–विजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ठ खेलाडीलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कार राशीलाई अमेरिकामा रहेका खजुराबासी लिलबहादुर थापाले ब्यहोरेको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता अवलोकन गर्नका लागि प्रतिब्यक्ती ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको उद्घाटन समारोह तथा उद्घाटन खेल भने निःशुल्क रुपमा अवलोकन गर्ने ब्यवस्था मिलाइएको थियो ।
