For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

byDainik Nepalgunj
April 14, 2026
in Entertainment, News
0 0
0
नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया
Share on FacebookShare on Twitter

नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष प्रदर्शन भएका चलचित्रले घरेलुबजारमा दर्शकको राम्रो साथ पाए । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष स्वदेशी चलचित्र ५७ वटा प्रदर्शन भए ।

चलचित्र विकास बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)को तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाइ गर्दै घरेलुबजारमा सर्वाधिक कमाइ गर्ने स्वदेशी चलचित्र बन्यो । प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा न्यून कमाइ गर्ने चलचित्र ‘इन्दिरा धिमे मैचा’ बन्यो । उक्त चलचित्रले कूल ११ हजार ७०० रुपैयाँ मात्र कमाइ गरेको तथ्याङ्क उल्लेख छ ।

गत वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्र ‘परान’ का लागि कूल छ लाख ३० हजार ६९१ प्रति टिकट बिक्री भएको थियो । दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्रले विशेषतः परिवारलाई दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो ।

त्यसैगरी गत वर्ष सर्वाधिक कमाइ गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । उक्त चलचित्रका लागि पाँच लाख चार हजार ३२९ प्रति टिकट बिक्री हुँदा १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाइ गरेको छ ।

निर्देशक चन्द्र पन्तले निर्देशन गर्नुभएको उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । आमा र छोराबीचको कथा देखाइएको चलचित्र हालसम्म पनि नेपालका केही चलचित्र भवनमा प्रदर्शनरत छ ।

गत वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा तेस्रो स्थानमा ‘जेरी अन टप’ रहेको छ । सगरमाथा आरोहण र प्रेम कथा देखाइएको उक्त चलचित्रले नेपालको सुन्दरतालाई चित्रण गरेको थियो ।

सामाजिक विषयवस्तुसँग आधारित रहेर तयार भएका चलचित्रको भिडमा भिन्न देखिएकै कारण ‘जेरी अन टप’ ले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाइ गर्न सफल भएको छ । सुयोग गुरुङले निर्देशन गर्नुभएको उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रेम कथानक चलचित्र ‘उनको स्वीटर’ गत वर्ष २०८२ मा सर्वाधिक कमाइ गर्ने सूचीको चौथो स्थानमा छ । विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राईलगायतले अभिनय गरेको उक्त चलचित्रले घरेलुबजारमा ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ कमाइ गरेको छ । नवीन चौहान निर्देशित उक्त चलचित्रका लागि तीन लाख ९२ हजार २४३ प्रति टिकट बिक्री भएको थियो ।

पाँचौँ स्थानमा रहेको चलचित्र ‘जारी २’ ले छ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ कमाइ गरेको छ । उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि दुई लाख नौ हजार ३३३ प्रति टिकट बिक्री भएका थिए । उक्त चलचित्रमा अभिनेता दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

त्यसैगरी सर्वाधिक कमाइ गर्ने चलचित्रको छैटौँ स्थानमा चलचित्र ‘बलिदान’ रहेको छ । जसले पाँच करोड १० लाख ५१ हजार १७२ रुपैयाँ, सातौँ स्थानमा रहेको चलचित्र ‘मोहर’ ले पाँच करोड आठ लाख ९५ हजार ५१२ रुपैयाँ र आठौँ स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले चार करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ कमाएको उल्लेख छ । नवौँ स्थानमा रहेको चलचित्र ‘माग्ने राजा’ ले चार करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ र दशौँ स्थानमा रहेको चलचित्र ‘माइतीघर’ ले चार करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाइ गरेको छ ।

गत वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ कीर्तिमान बनाउन सफल भए ।

गत वर्ष दर्शकहरू कलाकारको अनुहारभन्दा पनि चलचित्रमा उठान गरिएको विषयलाई हेर्न आउनुभएको चलचित्र वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष ‘स्टार’ कलाकारसँगै सामान्य रुपमा हेरिएको तर पात्रलाई पर्दामा जीवन्त बनाउन सक्ने कलाकारको चलचित्रको व्यापार धेरै भएको छ । दसैँ र तिहारमा भएको चलचित्रको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो । गत वर्ष नेपालमा जेनजी पुस्ताको आन्दोलन, प्रतिनिधिसभाको निर्वाचनलगायतका गतिविधि भए तापनि समग्रमा चलचित्रको व्यापार राम्रो देखिएको छ ।”

गत वर्ष प्रदर्शन भएर घरेलुबजारमा राम्रो कमाइ गर्ने चलचित्रको सूची हेर्दा रङ्गमञ्चका कलाकारसँगै ‘स्टार’ भनिएका कलाकार पनि छन् । समग्रमा गत वर्ष अभिनय भन्दा ‘स्टारडम’का कारण चर्चामा आउने अभिनेता अनमोल केसी, पल शाहसँगै आफूले पाएको पात्रलाई जीवन्त बनाउने अभिनेता विपिन कार्की, महेश त्रिपाठी, नीर शाहलगायतले अभिनय गर्नुभएको चलचित्र दर्शकको रोजाईमा परेको छ ।

चलचित्रमा विषयवस्तु वा कथा आकर्षणसँगै ‘स्टारडम’ भएका कलाकारको चलचित्रलाई दर्शकको साथ प्राप्त हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताउनुभयो । “वर्ष विसं २०८१ मा चलचित्रको कथामा दर्शक आकर्षित हुनुभएको पाएका थियौँ । यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ”, निर्देशक चाम्सले भन्नुभयो ।

गत वर्ष गत फागुनदेखि प्रदर्शनभएका चलचित्रले भने दर्शकको खासै साथ पाउन सकेका छैनन् । ती चलचित्रको व्यावसायिक तथ्याङ्क सुखद छैन । देश चुनावी माहोलमा प्रवेश गरेकै कारण फागुन र चैतमा प्रदर्शन भएका चलचित्रको व्यापार कमजोर भएको निर्देशक पुर्नेन्दु झाले बताउनुभयो ।

समग्रमा चलचित्रका लागि गत वर्ष सुखद नै रहेको निर्देशक तुलसी घिमिरेको बुझाइ छ । झन्डै नौ वर्षको विश्रामपश्चात् चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा फर्किनुभएका निर्देशक घिमिरेले घरेलु र विदेशी बजारका कारण धेरै चलचित्रले लगानी सुरक्षित गर्न सकेको बताउनुभयो ।

“अहिले धेरै चलचित्र नेपालसँगै विदेशी बजारमा पनि प्रदर्शन हुने गरेको पाइन्छ । ती चलचित्रले दर्शकको मन जित्न सके व्यावसायिक रुपमा राम्रो गरिरहेको उदाहरण प्रसस्तै छन्, सोही कारण अहिले नेपालसँगै अन्य बजार पनि सम्भावनाका रुपमा अगाडि आएको छ”, निर्देशक घिमिरेले भन्नुभयो ।

यो गत प्रदर्शन भएका चलचित्रको सङ्ख्या र घरेलुबजारमा सफल भएको चलचित्रको सङ्ख्या हेर्दा वर्ष २०८३ आशावादी हुन सकिने चलचित्रकर्मी बताउँछन् ।

Previous Post

युवतीको जली मृत्युकाण्ड: फरार अभियुक्तका बुवा र भाइ पक्राउ

Next Post

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

Next Post

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

April 14, 2026
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

बैशाख संक्रान्ति मनाउन बागेश्वरीमा भक्तजनको घुईँचो

April 14, 2026
‘फोर ब्रदर्स एफसी’ खजुरा गोल्डकपको सेमिफाइनलमा

‘फोर ब्रदर्स एफसी’ खजुरा गोल्डकपको सेमिफाइनलमा

April 14, 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

April 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version