जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई तिव्रता दिएको छ ।
बाँके प्रहरीले चैत्रमा फैसला कार्यान्वयनतर्फ ६२ जना पक्राउ गरेको हो ।
उनीहरूबाट १९ वर्ष १ महिना २४ दिन कैद र २८ लाख ८९ हजार २८० रूपैयाँ बिगो तथा क्षतिपूर्ति असुल गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।