वन ग्लाेबल माइल अन्तर्गत असार २७ गते काेहलपुर माइल हुने भएको छ ।
हरेक बर्ष जुलाई ११ मा हुने वन ग्लाेबल माइल विश्वभर रनिङ संस्कृति प्रवर्द्धन गर्ने महाअभियान हाे ।
‘एक माइल, एक दिन, एक विश्व ‘ नारासहित यश बर्ष दर्जन बढी देशमा एकैपटक एक माइल (१.६०९किलोमिटर) दाैड हुन लागेको हाे । याे हरेक बर्ष जुलाई ११ मा हुनेछ । यसअन्तर्गत नेपालमा काेहलपुर माइल दाैड हुन लागेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । डेढ किलोमिटरको राेड रेस भएकोले सबै उमेर समुहलाई सहभागितामा सहज हुनेछ ।
रेस नेपालकाे आयोजनामा हुने यश दाैडकाे व्यवस्थापन नेपालगन्ज म्याराथन टिमले गर्नेछ ।
अमेरिकाकाे न्युयोर्कस्थित ह्युडसन माइल बिस्तार हुनेक्रममा वन ग्लाेबल माइल बनेको हाे । वर्ल्ड रनिङकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले आधिकारिक प्रवर्द्धन गरेको वन ग्लाेबल माइल विश्वव्यापी गराउन ह्युड्सन माइलका सहसंस्थापक एवं रन बंग्लाका सिईओ जाेन बाेका र एम्स दुत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीको विशेष भुमिका रहेको रेस डाइरेक्टर गुरुङले बताए ।
काेहलपुर माइल पनि नेपालगन्ज म्याराथन सिरिज अन्तर्गत रहनेछ । यसमा यसअघि नै नेपालगन्ज १० म्युजिक नाइट रन, काठमाडौं२५के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गाैघाट ग्रीन रन, राप्तीसाेनारी नेचर रन लगायत दाैड प्रतियोगिता सञ्चालनमा रहेका छन् ।
वन ग्लाेबल माइलमा सहभागी हुन एम्सकाे आवद्धता अपरिहार्य रहेकाे एम्स दुत टीएस ठकुरीले बताए ।






























