जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रूपमा भारतबाट नेपाल भित्र्याइएका बोइलर कुखुरा बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका–१६ क्षेत्रबाट भारतबाट अबैध रूपमा ल्याइएका अन्दाजी १०८ किलोग्राम तौल बराबरका ३६ वटा बोइलर कुखुरा नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।































