खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा जेबिएम फुटबल एकेडेमी लखनउ, भारत प्रवेश गरेको छ । खजुरा –४ डि गाउँस्थित मिनी रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाइनलमा जेबिएमले गोर्खा ब्वाइज स्पोट्र्स क्लव बुटवललाई १ का विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
न्यू डाँफे स्पोर्टस क्लवको आयोजनामा खजुरामा जारी प्रतियोगितामा जेबिएनका निखिल तामाङले खेलको १२ औ मिनेटमा टिमको लागि पहिलो गोल गर्न सफल बने । यसैगरी जेबिएनकै ९ नम्बर जर्सिका सुरज भण्डारीले ४३ औ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । भने जर्सी नम्बर १२ का उमेश दर्लामीले ६० औ मिनेटमा तेस्रो गोल गरे । गोर्खाका जर्सी नम्बर १५ का सुजन थारुले सान्त्वना गोल गरे ।
दोस्रो हाफको सुरुमै कप्तान सुजन मगर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित जेबिएनले सम्हालिएर खेल्दै अग्रता जोगाउन सफल भयो । गोर्खाका जर्सी नम्बर २१ का उमेश थापा पनि खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए ।
जेबिएमका गोलरक्षक उमेश कुमार प्लेयर अफ द म्याच घोषित भए । गोलरक्षक उमेशले नगद १० हजार सहित ट्रफि, मेडल प्राप्त गरे । यसैगरी दोस्रो सेमिफाइनल खेल शनिबार फोर ब्रदर्श एफसी र नाईजेरियन जोन क्लवबिच हुनेछ ।
प्रतियोगिताको फाइनल आइतबार हुने आयोजक न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।

Exit mobile version