श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराको अधिवेशनबाट झविलाल शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट शर्माको नेतृत्वमा तीन बर्षका लागि कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको महिला उपाध्यक्षमा सुजाता खरेल, उपाध्यक्षमा इ.विवेक लामिछाने, सचिवमा विष्णु पौडेल, कोषाध्यक्षमा रत्ना कार्की, सहसचिवमा महेश खनाल, सहकोषाध्यक्षमा सृजना रानामगर र महिला सदस्यहरूमा कुन्ता कुमारी खत्री र सम्झना पाण्डे चयन भएका हुन् । त्यस्तै, खुला सदस्यमा प्रचण्ड गौतम, प्रेम खरेल, अमर नाथ योगी, किसन राना मगर निर्विरोध विजय भएको जानकारी निर्वाचन अधिकारी भानुभक्त रिजालले जानकारी दिए ।
कार्यसमितिमा तेज विक्रम शाह र राम प्रसाद न्यौपाने, सल्लाहकारमा टंकनाथ दाहाल, पूर्णचन्द्र उपाध्याय, सतिश निरौला र खीमानन्द देवकोटलाई मनोनित गरिएको छ ।
त्यसअघि पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता खजुरा गाउँपालिका अध्यक्ष डम्वर विक तुफानले गरेका थिए । सचिव ई. विवेक लामिछानेले संचालन गरेको कार्यक्रममा स्वागत पूर्व विद्यार्थी समाजका उपाध्यक्ष पूर्ण चन्द्र उपाध्यायले गरेका थिए । समाजको बारेको जानकारी समाजका सदस्य सचिव टंकनाथ दाहालले दिएका थिए ।
कार्यक्रममा समाजका सल्लाकार ओम प्रकास देवकोटा, पूर्व विद्यार्थी दलवहादुर सुनार, पूर्व विद्यार्थी दिल वहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश थापा लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा समाजको स्थापन देखि हाल सम्मको प्रगति तथा आर्थिक प्रतिवेदन साथै आगामी आर्थिक वर्ष २०८३÷०८४ को प्रस्तावित कार्यक्रम र वजेट पूर्व विद्यार्थी समाजका आजिवन सदस्य सभासदहरूको उपस्थितिमा छलफल गरि स्वीकृत र पारिक गरिएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तावित कार्यक्रम सचिव ई. विवेक लामिछाने र आर्थिक प्रतिवेदन र प्रस्तावित वजेट कोषाध्यक्ष रत्ना कार्कीले प्रस्तुत गरिन् ।
कार्यक्रममा पूर्व राज्य मन्त्री एवं विद्यालयका पूर्व विद्यार्थी दल वहादुर सुनारले पूर्व विद्यार्थीहरूको यस प्रकारको कामले समाजलाई सहिबाटोमा ल्याउन सक्ने विचार राखे । पूर्व विद्यार्थी दिल वहादुर क्षेत्रीले आज करिव ५० वर्ष अगाडीको हासाहारीमा एसएलसी उत्तिर्ण गरेको मलाई यसरी पूर्व विद्यार्थीले सम्झेर सम्मान तथा आफ्नो अनुभव राख्ने अवसर दिएकोमा धन्यवाद दिए भने नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले यस्तो अव्वल पूर्व विद्यार्थीहरूको साथमा आफुले काम गर्ने अवसर पाउदा आफुलाई खुसी लागेको र संगै मिलेर काम गर्ने वताए । पूर्व विद्यार्थीका सल्लाहकार ओम प्रकाश देवकोटाले हाम्रो यो सकारात्मक कार्यले भावी सन्ततीलाई सही मार्ग निर्र्देशन गर्ने वताए ।
कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्वर विक तुफानले आफुले पूर्व विद्यार्थीको टिमले अव्वल नेतृत्व पाएको र आफुले खजुरा क्षेत्रका सम्पुर्ण विद्यालयमा पूर्व विद्यार्थी समाज गठन गर्ने र पूर्व विद्यार्थी समाजको समेत व्यवस्थापन समितिमा प्रतिनिधित्व रहने प्रक्रिर्याको लागि नितिगत रूपमा पहल गर्ने वताए ।
कार्यक्रममा श्री जनता मा.वि. सन्तकुटीबाट मिति २०३४, २०३५ र २०३६ सालमा एस.एल.सी उत्तिर्ण पूर्व विद्यार्थीहरू समाजले दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । विद्यालयमा २०३४ सालमा एस एल सी उत्तिर्ण केर सिंह थापा, खडानन्द भट्टराई, सरिफ खाँन सम्मानित भएका थिए । २०३५ सालमा एस एल सी उत्तिण दल वहादुर सुनार, दिल वहादुर क्षेत्री, रुद्र वहादुर कार्की, २०३६ सालबाट १ जना मात्र उत्तिर्ण देवराम ओलीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयबाट २०८१ सालको एस ई.ई. उत्कृष्ट अंक ल्याएर विद्यालय प्रथम हुने विद्यार्थी कोषिका खड्का, आठौं मेयर कपमा एथलेटिक्स विद्यामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विद्यार्थी शंकर सुनारलाई सम्मानित गरिएको थियो ।
कार्यक्रम बीच पूर्व विद्यार्थी समाजले हरेक वर्ष प्रकाशन गर्दै आइरहेको भित्ते पात्रो खजुरा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, समाजका अध्यक्ष लगायतले क्यालेन्डर विमोचन गरेका थिए ।






























