नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर चोकबाट भन्सार छलि तस्करी गरी ल्याइएको विभिन्न सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मिति २०८३ वैशाख ५ गते फलफूल, तरकारी, माउन्टेन ड्यू, कोक लगायत पेय पदार्थ तथा ढुवानीमा प्रयोग भएका साइकलहरू समेत अन्दाजी मूल्य रु. १ लाख २२ हजार ७३५ बराबरका सामान बरामद गरिएको हो।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ।
उक्त जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले दिएका हुन्।






























