नेपालगन्जको तापक्रममा ह्वात्तै वृद्धि भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, सोमबार नेपालगन्जको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म रहेको छ ।
नेपालगन्जमा दिउँसोको समयमा लाग्ने चर्को घाम र चल्ने तातो हावा (लु) ले जनजीवन प्रभावित हुन थालेको छ ।































