बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा अक्षय तृतीयाको अवसरमा भजन कार्यक्रम सम्पन्न भएको छ। स्थानीय बासिन्दाको सक्रियता तथा खेम बिष्टको अगुवाइमा आयोजित उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै आयोजना गरिएको हो।
शिवशंकर पार्वती देवी मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा मन्दिरका संस्थापक अध्यक्ष डम्बर बहादुर मल्लको संयोजन रहेको थियो भने गुरु कञ्चन घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।
करिब दुई घण्टासम्म सञ्चालन भएको कार्यक्रममा वडा नं. १ का स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भजन–कीर्तनमार्फत भक्तजनहरूले धार्मिक वातावरणमा समय बिताएका थिए।
कार्यक्रमलाई आगामी दिनमा नामाकरण गरी हप्तामा एकपटक वा महिनामा एकपटक नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको आयोजक खेम बिष्टले जानकारी दिए।






























