इलाका प्रहरी कार्यालय कोहलपुरले अरुको नक्कली फेसबुक आइडी बनाइ रकम असुली गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यको नक्कली फेसबुक आइडी बनाएर आफन्तसँग रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
नगर प्रमुख आचार्यका अनुसार, नक्कली फेसबुक बनाई ठगी गरिएको १ लाख ५० हजार रुपैयाँ पनि प्रहरीले फिर्ता गराएको छ ।
पक्राउ परेका व्यक्ति उपर साइबर अपराध अन्तर्गत मुद्दा दर्ता भएको छ ।
