कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

कसौंधन वैश्य समाजले आफ्ना मूल महर्षि, ऋषि कश्यपको मूर्ति स्थापना गर्ने भएको छ । समाजका अध्यक्ष सन्तोष कुमार वैश्यका अनुसार, आज बिहीबार प्रतिस्थापित गरिने मूर्तिको पुजापाठ गरिंदैछ ।

‘महर्षि कश्यपसँगै राधाकृष्णको मूर्ति समेत स्थापना गरिंदैछ’, समाजका अध्यक्ष वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘शुक्रबार भव्य हवन कार्य र शनिबार बृहत शोभायात्रा निकाल्ने तयारी भैरहेको छ ।’

कसौंधन वैश्य समाजले आयोजनालाई तीन दिनसम्म भव्य रूपले व्यवस्थित गर्न विरेन्द्र कुमार वैश्यको संयोजकत्वमा टिम बनाएको जानकारी दिंदै अध्यक्ष वैश्यले किन्नुराम काशीराम धर्मशालामा मूर्ति स्थापना गरिने बताए । ‘यो हामीसबैको गौरवको विषय हो’, तीन दिनसम्मका धार्मिक कार्यहरूमा सहभागी हुन आव्हान गर्दै उनले भने ।

Exit mobile version