नेपालगन्ज सुन चाँदी व्यवसायी संघले भित्तेपात्रो विमोचन गरेको छ ।
नयाँ बर्षको शुभकामना आदानप्रदानसँगै संघले भित्तेपात्रो विमोचन गरेको महासचिव सुखनारायण सोनारले जानकारी दिएका छन् ।
भित्तेपात्रो विमोचन कार्यक्रममा संघका अध्यक्ष सलाउद्दिन जसगढ, कोषाध्यक्ष हिमांशु वैश्य, संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।






























