नेपालगन्ज १० बिन्दवासिनी टोलका युवा नारायण प्रसाद शर्माले आफु विरुद्ध नियोजित रुपमा भ्रम फैलाउन खोजिएको भन्दै त्यसका आडमा टेकेर अराजकता मच्चाउन प्रयास भैरहेको दाबी गरेका छन् ।
सोमबार व्यक्तिगत रुपमा प्रेस विज्ञप्ति जारी गरी गत बैशाख ३ गते विहान आफ्नोमा तोडफोड र आतंक मच्चाउन खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि त्यसबाट जोगिन अराजकता मच्चाउन खोजिएको दाबी शर्माले गरेका हुन् ।
शर्माको बारीमा केही परका छिमेकीको बाख्राले तरकारी बाली खाएको विषयमा उत्पन्न विवाद चर्काएर आफुमाथि नै आक्रमण भएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र त्यसबाटै आफुले न्याय पाउने विश्वासका साथ बसिरहँदा घटनालाई अतिरञ्जित बनाएर एक समूहले अराजकता मच्चाउने प्रपञ्च गरिरहेको आरोप शर्माको छ ।
हेर्नुस् विज्ञप्ति
































