नेपालगन्ज स्थित सोल्टी वेष्टेन्ड प्रिमियरले थारु समुदायको मौलिक खाना र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न पहिलो पटक ‘थारु फुड फेष्टिबल’ आयोजना गर्ने भएको छ ।
होटल सोल्टीले मंगलबार पत्रकार सम्मेलन गरी आगामी बैशाख १८, १९ र २० गते होटल परिसरमा विभिन्न परम्परागत थारु स्वाद पस्किइने जानकारी दिएको हो । ‘नेपालगन्जलाई थारु परम्परागत स्वादको सहरका रूपमा पनि परिचय दिन यो कार्यक्रमले सहयोग पुग्नेछ’, पत्रकार सम्मेलनमा बोल्दै सोल्टीका महाप्रबन्धक राजविक्रम शाहले भने, ‘महोत्सवलाई तीन दिनसम्म नै थप मनोरञ्जनात्मक र सांस्कृतिक बनाउन थारु सांस्कृतिक नृत्य प्रदर्शन पनि गरिनेछ ।’
निःशुल्क प्रवेश व्यवस्था मिलाइएको महोत्सव भरी पाहुनालाई थारु समुदायका जीवन्तकला र परम्पराको अनुभव गराउने विश्वास लिइएको महाप्रबन्धक शाहले बताए ।






























