For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

byDainik Nepalgunj
April 29, 2026
in विचार
0 0
0
….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’
Share on FacebookShare on Twitter

नेपालको राजनीतिक इतिहासमा वि.सं.२०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौता एउटा युगान्तकारी मोड थियो । यसले एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य त ग¥यो, तर के यसले ती हजारौँ नेपालीको मनमा लागेको घाउमा मलम लगाउन सक्यो, जसले आफ्ना प्रियजन गुमाए, जो बेपत्ता पारिए, र जो आज पनि शरीरमा गोली र मनमा अपमान बोकेर बाँचिरहेका छन् ? झन्डै दुई दशक पुग्न लाग्दा पनि नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया एउटा यस्तो चौबाटोमा उभिएको छ, जहाँबाट न्यायको गन्तव्य अझै धमिलो देखिन्छ । द्वन्द्वको राप सकिए पनि त्यसको खरानीभित्र दबिएका पीडाका झिल्काहरू अझै निभ्न सकेका छैनन् ।

सत्यको खोजी ः न्यायको पहिलो सर्त
न्यायको पहिलो खुड्िकलो ’सत्य’ हो । द्वन्द्वमा मारिएका वा बेपत्ता पारिएका परिवारका लागि सबैभन्दा ठुलो सजाय भनेकै “किन र कसरी?“ भन्ने प्रश्नको उत्तर नपाउनु, घटनाको बारेमा सत्य तथ्य थाहाँ नपाउनु हो । एउटा बुढो बाबु आफ्नो छोराको बाटो हेर्दाहेर्दै आँखाको ज्योति गुमाउँछ एउटी आमा आफ्नो सन्तानको अस्थिपञ्जरसम्म पाउने आशामा प्रत्येक बिहान ढोकातिर हेर्छिन् । सत्य थाहा पाउने अधिकार केवल कानुनी कुरा मात्र होइन, यो एक मानवीय संवेग र परिवारको मानसिक शान्तिको आधार हो । जबसम्म राज्यले आफ्ना नागरिकलाई कुन परिस्थितिमा उनीहरूका आफन्त मारिए वा बेपत्ता पारिए भन्ने यथार्थ विवरण दिँदैन, तबसम्म समाजमा मेलमिलापको जग बस्न सक्दैन । सत्यको उद्घाटनले मात्र पीडितको घाउमा खाटो बस्न सुरु गर्छ र समाजलाई विगतको अँध्यारोबाट भविष्यको उज्यालोतिर डो¥याउँछ ।

२. बेपत्ताको पीडा र सामाजिक शून्यता ः
नेपालको द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारहरूले भोग्नुपरेको पीडा विश्वकै विरलै घटनामध्ये पर्छ । मरेको निश्चित भए संस्कार गरिन्छ, बाँचेको निश्चित भए पर्खाइको अर्थ रहन्छ । तर ‘बेपत्ता’ हुनु भनेको जिउँदो र मृतको बीचमा एउटा अनन्त मानसिक कारागारमा थुनिनु हो । कतिपय महिलाहरूले आफ्ना पति बेपत्ता भएको दशकौँसम्म पनि न त सिउँदोको सिन्दूर पछ्न सकेका छन्, न त ढुक्कसँग बाँच्न नै । सम्पत्ति हस्तान्तरण देखि सामाजिक सुरक्षाका सुविधा पाउनसम्म उनीहरूले कानुनी अड्चन भोग्नुपरेको छ । राज्यले बेपत्ता व्यक्तिको स्थिति स्पष्ट पार्न नसक्नु उसको लाचारी मात्र होइन, नागरिकप्रतिको अक्षम्य अपराध पनि हो । ती परिवारका लागि न्यायको अर्थ नै सत्यको जानकारी र सम्मानजनक बिदाइ हो ।

३. संरचनागत कमजोरी र संस्थागत सुधारको अपरिहार्यता ः नेपालमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन त भए, तर ती संरचनाहरू पीडितका लागि ’आशाको केन्द्र’ भन्दा पनि ’राजनीतिक भागबन्डाको थलो’ बने । यी आयोगहरूले हजारौँ उजुरी त संकलन गरे, तर पीडितको विश्वास जित्न सकेनन् । यसको मुख्य कारण संस्थागत सुधार (क्ष्लकतष्तगतष्यलब िच्भायचm) को अभाव हो । सङ्क्रमणकालीन न्याय भनेको केवल पुराना मुद्दाको छिनोफानो मात्र होइन, यो त भविष्यमा यस्ता मानव अधिकार उल्लङ्घनका घटना नदोहोरिने सुनिश्चितता (न्गबचबलतभभ या ल्यल–चभअगचचभलअभ) गर्नु पनि हो ।
हाम्रा सुरक्षा निकाय, कर्मचारीतन्त्र र न्यायिक संरचनाहरूमा व्यापक सुधारको खाँचो छ । विगतमा गम्भीर अपराधमा संलग्न भएकाहरूलाई राज्यका ओहोदामा पुरस्कृत गरिनुले दण्डहीनतालाई प्रश्रय दिएको छ । जबसम्म राज्यले आफ्ना संयन्त्रहरूलाई मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्णतः उत्तरदायी बनाउँदैन, तबसम्म संस्थागत सुधारको नारा केवल कागजमा सीमित रहनेछ । दोषीलाई कानुनी कठघरामा उभ्याउनु र पीडितलाई केन्द्रमा राखेर नीति निमाण गर्नु नै आजको मुख्य चुनौती हो ।

४. परिपूरण ः अधिकारको पुनस्र्थापना, दयाको पात्रो होइन ः परिपूरणलाई अक्सर राज्यले दिने सानो ’राहत’ वा ’चन्दा’ को रूपमा बुझिने गरिएको छ । यो बुझाइ पूर्णतः गलत छ । परिपूरण त पीडितले गुमाएको आत्मसम्मान, जीविकोपार्जन र पहिचानको पुनस्र्थापना हो । धेरै द्वन्द्वपीडितहरू आज शारीरिक अपाङ्गता र गहिरो मानसिक आघातसँग जुधिरहेका छन्। उनीहरूका लागि परिपूरणको अर्थ निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा, बालबालिकाको शिक्षाको ग्यारेन्टी, र स्वरोजगारका अवसरहरू हुन् ।

परिपूरण प्याकेजले पीडितको आर्थिक मात्र होइन, सामाजिक र प्रतीकात्मक आवश्यकतालाई पनि सम्बोधन गर्नुपर्छ। द्वन्द्वमा ज्यान गुमाउनेहरूको सम्मानमा सार्वजनिक स्थानको नामकरण गर्ने, स्मारकहरू बनाउने, र उनीहरूको योगदानलाई राष्ट्रिय इतिहासमा सम्मानजनक स्थान दिने कार्यले पीडित परिवारलाई “हामीलाई राज्यले बिर्सिएको छैन“ भन्ने अनुभूति गराउँछ । यो उनीहरूको घाउमा मलम लगाउने र समाजमा पुनर्मिलन गराउने एउटा पुल हो ।

५.स्थानीय सरकारको भूमिका र उत्तरदायित्व ः संघीयताको मर्म अनुसार स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको अभिभावक हो । सिंहदरबारले बनाउने ऐन–कानुनले मात्र पीडितको भान्सा बल्दैन। पीडितहरूको दैनिक जीवनको समस्या बुझ्ने र तत्काल सम्बोधन गर्ने क्षमता स्थानीय सरकारसँग हुन्छ । पालिकाहरूले आफ्नो बजेट र योजनामा द्वन्द्वपीडितलाई एक विशिष्ट वर्गका रूपमा पहिचान गरी कार्यक्रमहरू ल्याउनुपर्छ ।
प्रत्येक पालिकामा ’द्वन्द्वपीडित सहायता कक्ष’ स्थापना गरी उनीहरूको वास्तविक अवस्थाको लगत अद्यावधिक गर्नुपर्छ । कृषिमा सहुलियत, सीपमूलक तालिम, र लघुवित्तमा पहुँच पु¥याएर उनीहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन सकिन्छ । स्थानीय सरकारले पीडितहरूसँग निरन्तर संवादमा रहनुपर्छ । जब एउटा वडाध्यक्षले पीडितको घरमा पुगेर “तपाईंको समस्यामा हामी साथ छौँ“ भन्छ, त्यसले दिने ढाडस कुनै ठुलो कानुनी बहस भन्दा बढी प्रभावकारी हुन्छ ।

६. पीडितको आवाजः “स्थानिय सरकार हाम्रो पीडा बुझिदेउ ः पीडितहरूले वर्षौँदेखि एउटै कुरा भन्दै आएका छन् । “हामीलाई न्याय देउ भन्दा पनि पहिला हाम्रा कुरा सुन । “उनीहरू आफ्नो पीडा व्यक्त गर्न चाहन्छन्, उनीहरू आफ्नो कथा सुनाउन चाहन्छन् । न्याय प्रक्रियामा पीडितको सहभागिता (ख्ष्अतष्m एबचतष्अष्उबतष्यल) नै सङ्क्रमणकालीन न्यायको मुटु हो । तर, तर संक्रमणकालिन न्याय प्रक्रियामा पीडितहरुलाई सार्थक सहभागिता हुन सकेको छैन । निति निर्माण तहमा पीडितहरुको मनोभावना बुझ्ने, उनीहरुसंग राय सल्लाह लिएर पीडित मैत्री नीति निर्माण नगरेका कारण संक्रमणकालिन न्याय प्रक्रियाले सार्थक गति लिन सकेको छैन । अबको प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्छ । उनीहरूलाई निर्णय प्रक्रियाको हिस्सेदार बनाइनुपर्छ, केवल साक्षी मात्र होइन ।

७. चुनौतीका पहाड र सम्भावनाका ढोकाहरू ः निश्चय नै, न्यायको यो मार्ग सहज छैन । एकातिर स्रोतको सीमितता छ भने अर्कोतिर राजनीतिक दाउपेच र दोषीहरूलाई जोगाउने खेल । तथ्याङ्कको अभाव र कतिपय पीडितहरूको राज्यका निकायसम्म पहुँच नहुनु अर्को ठुलो चुनौती हो । तर, यी चुनौतीहरूलाई बहाना बनाएर न्यायको घाटी निमोठ्नु हुँदैन । यदि हामीले आज यो घाउलाई सफा गरेर उपचार गरेनौँ भने, यसले भोलि फेरि अर्को विद्रोहको बिउ रोप्न सक्छ । दिगो शान्तिका लागि न्याय अनिवार्य सर्त हो ।

८.निष्कर्षः न्यायको मुस्कान र भविष्यको आशा ः अन्ततः, न्याय भनेको अदालतको इजलासबाट निस्कने आदेश मात्र होइन, यो त पीडितको जीवनमा आउने सकारात्मक परिवर्तन हो । जब एउटा बेपत्ताकी पत्नीले आफ्नो पतिको सत्य थाहा पाएर ढुक्कसँग समाजमा शिर उठाएर हिँड्न पाउँछिन्, जब एउटा द्वन्द्वका कारण अपाङ्ग भएको व्यक्तिले राज्यबाट सम्मान र जीविकोपार्जनको आधार पाउँछ, र जब दोषीहरूले आफ्ना कार्यप्रति पश्चात्ताप गर्दै माफी माग्ने वातावरण बन्छ,उनीहरुले अपराधको मात्रा अनुसार सजायको भागीदार बन्दछन् तब मात्र बुझ्नुपर्छ कि न्याय भयो ।
द्वन्द्वको पीडा विगतको कथा मात्र होइन, यो हाम्रो राष्ट्रिय घाउ हो, राष्ट्रिय पीडा हो । यसलाई निको पार्न सत्य, न्याय, परिपूरण र संस्थागत सुधारका चारै स्तम्भहरूलाई बलियो बनाउनुपर्छ। राज्य संवेदनशील बनोस्, स्थानीय सरकार उत्तरदायी बनोस्, र समाज सहानुभूतिशील बनोस् । न्याय केवल शब्दमा होइन, पीडितको अनुहारमा देखिने मुस्कानमा झल्किनुपर्छ। पीडाले चहराईरहेका घाउहरूमा मलम लगाउने र अपूरा सपनाहरूलाई साकार पार्ने यो महाअभियानमा हामी सबैको ऐक्यबद्धता आवश्यक छ । तब मात्र नेपालले गर्वका साथ भन्न सक्नेछ “हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ । (लेखक मानव अधिकारकर्मी हुनुहुन्छ ।)

Previous Post

अन्योल बीच खुले स्कुल

Next Post

भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

Next Post
भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

April 29, 2026
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

गहुँ भण्डारण गर्न किसानलाई आग्रह

April 29, 2026
अवैध रूपमा भारतबाट ल्याइएका ५ हजार ४४० कुखुराका चल्ला बरामद

अवैध रूपमा भारतबाट ल्याइएका ५ हजार ४४० कुखुराका चल्ला बरामद

April 29, 2026
सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक

सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version