बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रबाट अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार अन्दाजी मूल्य रु. ५ लाख १६ हजार ८ सय बराबरका ५ हजार ४४० वटा कुखुराका चल्ला नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका चल्लालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्ज बाँके पठाइएको प्रहरीले जनाएको छ।
सीमा क्षेत्र हुँदै हुने अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी कडा बनाएको जनाएको छ।





























