भेरी अस्पताल नेपालगन्जका आन्दोलित चिकित्सकहरु काममा फर्किएका छन् ।
बिरामीको मृत्युको घटनालाई लिएर चिकित्सकहरुमाथि दुव्र्यवहार र धम्की दिइएपछि अस्पतालको इमरजेन्सी बाहेकका सेवा ठप्प पारिएको छ ।
घटनालाई लिएर अस्पताल प्रशासनले घटनाको प्राविधिक जाँच गर्न सकिने भनेपनि मृतकका आफन्तले भने किटानी जाहेरी लिएर कारवाही हुनुपर्ने बताएकाथिए ।
चिकित्सक माथि धम्की दिने विरुद्ध प्रहरीले कारवाही अगाडि बढाएपछि चिकित्सकहरु काममा फर्किएका हुन् ।































