स्वादको सहर पहिचान बनाउन उद्यत नेपालगन्जमा ‘स्ट्रीट फूड एण्ड वेभरेज फेस्टिभल’ उत्साहजनक भएलगत्तै आज विहिवार देखि ‘थारू फूड फेस्टिभल’ हुँदैछ ।
पाँचतारे होटल सोल्टी वेस्टेन्ड प्रिमियरले पहिलो पटक आफ्नै होटल परिसरमा थारू समुदायको मौलिक स्वाद र सांस्कृतिक सम्पदालाई उत्सवका रूपमा प्रस्तुत गर्न लागेको हो । नेपालगन्जस्थित होटल परिसरमा तीन दिने ‘थारू फूड फेस्टिभल’ आयोजना गर्न लागिएको जानकारी दिंदै सोल्टी होटलका महाप्रबन्धक राजविक्रम शाहले फेस्टिभलमा अनुभवी सेफहरूले तयार पारेका विभिन्न परम्परागत थारू परिकारहरू प्रस्तुत गरिने बताए ।
महाप्रबन्धक शाहका अनुसार, तीन दिनसम्म चल्ने फेस्टिभलमा थारू परिकारसँगै थारू संस्कृति र परम्परालाई झल्काउने वातावरणसमेत सिर्जना गरिने छ । कार्यक्रमको उद्देश्य पाहुनाहरूलाई थारू खानाको समृद्ध परम्परासँग परिचित गराउनुका साथै स्थानीय बासिन्दा र आगन्तुकलाई यसको विशेष स्वाद, र सांस्कृतिक प्रस्तुति गरिने रहेको महाप्रवन्धक शाहले बताए ।






























