जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज बाँकेले फरार प्रतिवादी प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ। प्रहरीका अनुसार “फरार प्रतिवादी पक्राउ विशेष अप्रेशन” अन्तर्गत खटिएको टोलीले विभिन्न मुद्दामा फरार रहेका ४ जनालाई पक्राउ गरेको हो।
आज बाँके जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसेका उनीहरुलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि बाँके जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दीपक पातलीले जारी गरेको विज्ञप्तीमा फरार अपराधी नियन्त्रण तथा कानुनी शासन कायम गर्न यस्तो अभियान निरन्तर जारी रहने उल्लेख गरिएको छ।






























