कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा रहेका अतिक्रमण बैशाख २५ गतेभित्र हटाउन अल्टिमेटम दिएपछि सुकुम्बासीहरु आन्दोलित भएका छन् ।
मंगलबार र्याली सहित कोहलपुर नगरपालिका घेराउ गर्न पुगेका सुकुम्बासीको आन्दोलनमा विद्यालय पोशाकमा विद्यार्थी बालबालिकाले प्ले कार्ड सहित सहभागी भएका थिए ।
नगरपालिकाले बैशाख २५ गतेभित्र अतिक्रमण खाली नगरे बैशाख २६ गते विहान देखि अतिक्रमण हटाउने चेतावनी दिएको छ ।





























