कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मण राज पौडेल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारीणी सदस्य पदमा निर्वाचित भएका छन् ।
महासंघको ६०औं साधारणसभा एवं महाधिवेशनबाट अधिवेशनबाट पौडेल केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । महाधिवेशनले अञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यसअघि बाँकेका नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले महासंघमा प्रतिनिधित्व गरेका थिए ।




























