५८ सामुदायिक कुकुरको बन्ध्याकरण शिविर

नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, नेपालगन्ज बाँकेद्वारा आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको ‘सामुदायिक कुकुर बन्ध्याकरण शिविर तथा पशु स्वास्थ्य तालिम एवं परामर्श सेवा’ कार्यक्रम आयोजना गरिएको छ ।

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा (फिल्ड अफिस–नेपालगन्ज, बाँके) को प्राविधिक सहयोगमा रामलिला मैदान (भेरी एफएम रहेको भवन) स्थित परामर्श सेवाको कार्यालय रहेको भवनमा मिति २०८३÷०२÷०१ देखि २०८३÷०२÷०४ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन मिति २०८३÷०२÷०१ गतेका दिन नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका बाँके गाउँ, बाबु गाउँ, एमपी स्कुल, त्रिभुवन चोक, देवा फुलबारी लगायतका विभिन्न स्थानबाट सामुदायिक कुकुरहरू नियन्त्रणमा लिई बन्ध्याकरण गर्ने कार्य सम्पन्न गरिएको हो ।

कार्यक्रम अन्तर्गत पहिलो दिन कुल ५८ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । जसमा भाले २८ वटा र पोथी ३० वटा रहेका छन् ।

उक्त कार्यक्रमले सडकमा रहेका सामुदायिक कुकुरहरूको व्यवस्थापन, नियन्त्रण तथा सार्वजनिक स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Exit mobile version