For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News Politics

ठूला दलका आन्तरिक छलफलमा के भयो ?

byDainik Nepalgunj
February 23, 2024
in Politics
0 0
0
ठूला दलका आन्तरिक छलफलमा के भयो ?
Share on FacebookShare on Twitter

काठमाडौँ : सङ्घीय संसद्को हिउँदे अधिवेशन चलिरहेकै बेला प्रमुख राजनीतिक दलले बैठक र भेला सम्पन्न गरेका छन् । ती बैठक तथा भेलामा उनीहरुले मुख्यतयः विसं २०८४ को संसदीय निर्वाचनमा बहुमत ल्याउने र राजनीतिक स्थायित्व प्रदान गर्दै मुुलुकलाई समृद्धितर्फ लैजाने सङ्कल्प पारित गरेका छन् ।

प्रमुख तीन दलले मुलुक र पार्टीलाई सुस्पष्ट दिशानिर्देशन गर्ने राजनीतिक, साङ्गठानिक, नीतिगत र आर्थिक प्रस्ताव पारित गर्दै तय गरिएका कार्यक्रममार्फत आगामी निर्वाचनमा बहुमत प्राप्त गरी पहिलो बन्ने महत्वकाङ्क्षी योजना प्रमुख तीन दलले अघि बढाएका हुन् । त्यति मात्रै होइन, नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन–८४ अघि बढाइसकेको छ । उसले त्यसमा निम्ति विभिन्न परियोजना निर्माणमा भइरहेका ढिलासुस्तीबारे दबाब अभियान नै सुरु गरिसकेको छ ।

नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले महासमिति बैठकले पारित गरे बमोजिम १२ लाख नयाँ सदस्य थप्दै आगामी निर्वाचनमा कांग्रेसकै इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरेको दलकारुपमा स्थापित गर्ने विश्वास प्रकट गर्नुभयो । त्यसका लागि भेला र बैठकले तय गरेका दलका रणनीति, कार्यनीति, कार्यक्रम र अभियान प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, गाउँ, टोल र जनताका घरदैलोमा पु¥याउने अठोट गरिएको छ ।

प्रमुख पार्टीका बैठक र भेलामा दलभित्रको आन्तरिक जीवन, अनुशासन, जनअपेक्षा, पार्टीप्रतिको बुझाइ, क्रियाशीलता र आगामी कार्यदिशाबारे विस्तृत र गहन छलफल भएको छ ।

ती राजनीतिक दलबाट अघिल्ला बैठकमा जस्तै यसपटक पनि मुलुकको राजनीतिलाई थप स्थिरता प्रदान गर्दै कानुन निर्माण र जनहितका कार्यक्रम प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । त्यस्ता बैठक र भेलामा सत्ता गठबन्धनप्रतिको दृष्टिकोण र राजनीतिक आगामी ‘कोर्स’बारे पनि छलफल गरिएको छ ।

नेकपा(एमाले) नेता हेमराज राईले भने जनताको समस्याप्रति सरकार केन्द्रित नभएको आरोप लगाउनुभयो । सरकारले महँगी  र कालोबजारी नियन्त्रण गर्न नसकेको तथा राष्ट्रियता, लोकतन्त्र, विकास र अर्थतन्त्रको पाटोमा सरकारले लिएका नीति र निर्णय कमजोर देखिएको भन्ने पार्टीको बुझाइ रहेको उहाँले बताउनुभयो । 

नेता राईले पार्टी सुदृढीकरण र शुद्धीकरणको अभियान अघि बढाउन तथा पार्टीभित्रका संगठनात्मक अराजकतालाई अन्त्य गर्न केकस्ता उपाय र कार्यक्रमसहित अघि बढनुपर्छ भन्ने सुझाव समूहगत रुपमा प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राप्त सुझावलाई अध्यक्ष र महासचिवबाट दिशानिर्देशन हुने ढङ्गबाट सम्बोधन भयो । आगामी सचिवालयको बैठकमा  प्राप्त सुझावलाई संश्लेषण गरी प्रस्तुत गरिने छ ।”

पार्टीको बैचारिक र सङ्गठनात्मक क्षेत्रमा देखापरेका समस्या निधान गर्ने सन्दर्भमा गर्नुपर्ने कामबारे छलफल चलेकाले पार्टीलाई आगामी दिशामा कुन ढङ्गले अघि बढाउने भन्नेमा स्पष्ट पार्ने तथा तलसम्मका विचार र बुझाइलाई एकरुपता कायम  गर्ने  भन्ने छ ।

दशौं महाधिवेशनले पारित गरेको र निर्देशित गरेका विचारलाई कार्यान्वयनमा लैजान योजना बनाउने र आन्तरिक जीवनमा देखिएको अनुशासनहिनता र अराजकस्थिति सुधार गर्ने विषयमा निर्मम हुने भनिएको छ । पार्र्टीले दिएको निर्देशनलाई ठीक ढङ्गबाट नबुझ्ने, कार्यान्वनमा आलटाल र ढिलासुस्तीलाई अन्त्य गर्ने विषय हुन् । कार्यान्वयनमा देखिएको लटरपटरलाई अन्त्य गर्ने र ‘मिसन ग्रासरुट’लाई प्रभावकारी तुल्याउने भन्ने छ । 

“मिसन ८४ को उद्देश्य प्राप्त गर्न राजनीति, वैचारिक सुस्पष्टताका साथ लक्ष्यको बुझाइमा एकरुपता हुन आवश्यक छ । वामपन्थी एकताको विषय एकपक्षीय मात्रै हुन सक्दैन”, उहाँले भन्नुभयो । एमालेले केही समय अघि मात्रै मध्यपहाडी लोकमार्गलाई आधार बनाइ अभियान सञ्चालन गरेको थियो । 

नेकपा(माओवादी केन्द्र)ले पनि गत भदौ १६ देखि देशव्यापीरुपमा चार महिने जनतासँग माओवादी रुपान्तरण अभियान सञ्चालन गरेको थियो । सो पार्टीका मुख्य सचेतक हितराज पाण्डेले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेषरुपान्तरण अभियानबारे हालैको बैठकमा निर्मम समीक्षा गरिएको प्रतिक्रिया दिनुभयो । 

माओवादी केन्द्रको विधान अधिवेशन र केन्द्रीय समिति बैठक केही दिन अघि सम्पन्न भइसकेको छ भने हाल स्थायी समिति बैठक चलिरहेको छ । उहाँले भन्नुभयो, “पार्टी जीवनमा यो खालको निर्मम समीक्षा आजसम्म कहिल्यै भएको थिएन । समीक्षामा अभियानका क्रममा सहभागी संरचनाको जिम्मेवारीमा रहेका निकायलाई चार भागमा विभाजन गरी सवैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्नेलाई पुरस्कृत गर्ने निर्णय भएको छ ।”

मध्यमस्तरको कार्य सम्पादन गर्नेेलाई प्रोत्साहन गर्ने तथा सुम्पिएको जिम्मेवारी सन्तोषजनक नगर्नेलाई स्पष्टीकरण सोध्ने र कारबाहीको दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको उहाँले बताउनुभयो । विधान अधिवेशन नियमित काम भए पनि यस अधिवेशनले कमिटीमा रहने सङ्ख्या स्वाट्टै घटाउने निर्णय गरेको छ । पार्टीका नेता तथा कार्यकता माथिल्ला कमिटीमा बस्न रुचाउने तर जनतातिर गएर काम गर्न गाह्रो मान्ने चरित्रलाई सुधार ल्याउन कमिटीको सङ्ख्या घटाउने निर्णय गरेको हो । 

माओवादीले खासगरी तराई मधेसमा धेरै सम्भावना बोकेको, घना जनसङ्ख्या रहेको र थुप्रै सहर भए पनि विकास स्थिति कमजोर रहेकाले पार्टी नेतृत्वसहितका पदाधिकारीकै सहभागीतामा आगामी चैत १ देखि १५ गतेसम्म हुलाकी राजमार्गलाई केन्द्रित गरी तराई–मधेस जागरण अभियान गर्न लागेको छ ।  अध्यक्षसहित पदाधिकारीको सहभागितामा झापाबाट शुरु हुने अभियान कञ्चारपुरसम्म सञ्चालन हुने मुख्य सचेतक पाण्डेले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले अर्काे हिमाल–पहाड–तराईमधेश राष्ट्रिय एकता अभियान पनि सञ्चालन गर्दैछ । यसमा खासगरी नदी प्रणालीलाई आधार मानेर अभियान सञ्चालन हुनेछ ।  पार्टी पङ्तिलाई  जिम्मेवार भई जनतामा पुग्ने विषयलाई जोड दिइनेछ । यसबाट जनताले प्रत्यक्ष अपेक्षा गर्ने भनेको बजेट  निर्माणमा  जनताका प्राथमिकता र अपेक्षा सम्बोधन विषय भएको मुख्य  सचेतक पाण्डे भन्नुहुन्छ ।

अभियानको मुख्य लक्ष्य भनेकै समस्या पहिचान गरी पार्टी जनतासँग जोडिँदै आवश्यकता सम्बोधन गर्नु हो । नेपाली समाजमा सबै राजनीतिक पार्टी र नेता उस्तै हुन भन्ने भाष्यलाई अन्त्य गर्न अभियानले सहयोग पु¥याउने उहाँको भनाइ छ । 

“जनयुद्धमा रहँदा जनताकै सामिप्यमा रही वर्गीय, उत्पीडित जाति, पछि परेको समुदाय, पिछडिएको भूगोलसगै अनुशासन र कर्तव्य विषय प्रखररुपमा उठाइए र अभ्यासमा ल्याइएकै कारण विसं २०६४  जनताले अपार विश्वासका साथ मत जाहेर  गरेका थिए । तर अहिले पार्टीभित्रको अनुशासन र टुटफूटको अवस्थालाई सच्याउन र सुधार्न अभियान सार्थक हुने विश्वास लिएको छ ।”

नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले पार्टीले महासमितिमार्फत मुलुकमा समसामयिक राजनीतिमा देखा परेका समस्या समाधान, जनताबीचमा प्रिय पार्टीकारुपमा स्थापित गर्न लिनुपर्ने आगामी नीति र रणनीतिबारे सुझाव र सल्लाह प्राप्त गरेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “लोकतान्त्रिक पार्टीभित्र विचारको द्वन्द्व र मन्थन हुनु स्वभाविक छ । सदस्यहरुले आगामी दिनमा केकस्ता रणनीति र कार्यक्रम अघि बढाउँदा पार्टी बलियो हुन्छ भन्ने कोणबाट विचार प्रस्तुत भए ।”

आर्थिक हिसाबाट सङ्कटमा रहेको मुलुकलाई पार्टीकातर्फबाट समृद्धि र सुशासनका लागि चल्न पर्ने कदमबारे पनि विभिन्न कोणबाट छलफल भएको बताउँदै नेता केसीले भेलामा कृषि, जनजीविका, रोजगारी, अर्थतन्त्र सुदृढीकरणलगायतका विषयमा धेरै छलफल भएको जानकारी दिनुभयो ।

उहाँले कृषिलाई आधार बनेर मुलुकमा भएका प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै जलस्रोत, पर्यटनको विकासका लागि स्रोत परिचालन गरी विदेश गएका युवालाई काम लगाउने एजेण्डा कार्यान्वयनमा कांग्रेस निर्मम भएर अघि बढनुपर्ने सुझाव प्राप्त भएकोे बताउनुभयो । 

बैठकमा पार्टीले पनि त्यसखाले नीति बनाएर जाने र वर्तमान सरकारलाई पनि त्यसतर्फ अघि बढ्न निर्देशन गर्ने निर्णय भएको उहाँको प्रतिक्रिया थियो ।

मुलुकमा राजनीतिक स्थिरतका लागि विसं २०७९ मंसिर ४ गते चुनावी गठवन्धनको सरकारलाई आगामी चारवर्ष टिकाएर स्थिर सरकार दिनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उहाँको भनाइ छ । महासमिति बैठकले मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन र समृद्धि प्राप्त गर्न वर्तमान सरकारलाई निरन्तर सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । प्रमुख तीन राजनीतिक दलले आगामी निर्वाचनलाई केन्द्रित गरी विभिन्न अभियान सञ्चालन गरी जनतमाझ पुग्ने रणनीति बनाएका छन् । 

जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले बिहीबारको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठमा मधेस प्रदेशको राजधानी जनकपुरमा गर्नेलगायतका पार्टीको आन्तरिक जीवन र जनतासँग जोडिएका मुख्य विषयवस्तुमा छलफल भएको बताउनुभयो ।
Previous Post

लुम्बिनीको फोहर व्यवस्थापनमा जोड

Next Post

अवैध लागूऔषधसहित ११ जना पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

April 15, 2026
नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

April 14, 2026
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

बैशाख संक्रान्ति मनाउन बागेश्वरीमा भक्तजनको घुईँचो

April 14, 2026
‘फोर ब्रदर्स एफसी’ खजुरा गोल्डकपको सेमिफाइनलमा

‘फोर ब्रदर्स एफसी’ खजुरा गोल्डकपको सेमिफाइनलमा

April 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version